उपाधि जिरी नगरपालिकालाई

दीक्षण समाचार जिरी ,. आठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जिरी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजनामा भएको जिरीमा भएको प्रतियोगितामा ९ स्वर्ण ,५ रजत र २ कास्य पदक प्राप्त गर्दै जिरी प्रथम भएको हो । त्यसैगरी ४ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गर्दै भीमेश्वर नगरपालिका दोस्रो भएको थियो भने ४ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गर्दै तामाकोशी गाउँपालिका तृतिय भएको छ । प्रतियोगितामा विगु गाउँपालिका, गौरिशंकर गाउँपालिका र मेलुङ गाउँपालिकाले एक ,एक स्वर्ण पदक हात पारेका थिए । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने समुहलाई नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तेस्रो हुने समुहलाई नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।  विजेतालाई संघिय सांसद शान्तिमाया पाख्रिनले पुरस्कार वितरण गरेकी थिइन । बैशाख १० गतेबाट सुरु भएको प्रतियोगितामा दोलखाका ८ स्थानीय तहले भाग लिएका थिए ।

Shares

Be the first to comment on "उपाधि जिरी नगरपालिकालाई"

Leave a comment

Your email address will not be published.


*