उपभोक्ता समितिमा सवै महिला

चरिकोट – बैतेश्वर गाउँपालिका वडा नंम्वर ७ का एउटा उपभोक्ता समितिमा सबै महिला समितिमा चयन भएका छन् । सिउरानी घर्तीगाउँ खानेपानी योजनामा ११ सदस्यीय समितिमा सबै महिला चयन भएका हुन । विष्णुमाया श्रेष्ठको अध्यक्षतामा सो उपभोक्ता समिति गठन भएको सो वडा अध्यक्ष रेशम राजस्वराज रिमालले जानकारी दिए ।
वडामा सवै उपभोक्ता समिति गठन
अगामी बर्षमा वडाले गर्ने योजनाका उपभोक्ता समिति गठन भएको छ । यस आर्थिक वर्ष वडाले १७ वटा योजनामा बजेट विनियोजन गरेको अध्यक्ष रिमालले बताए । सो वडामा यस बर्ष १ करोड १२ लाख रुपैया रकम विनियोजन गाउँपालिकाले गरेको छ । उपभोक्ता समितिलाई पहिले अभिमुखिकरण तालिमपछि योजना सुरु गर्ने योजना बनाएको छ ।
वडाको पहिलो प्राथमिकता खानेपानी
वडाले पहिलो प्राथमिकता खानेपानी राखेको छ । वडाले गरेको सर्वेक्षणमा जनताले खानेपानीको माग गरेकाले खानेपानी योजनालाई पहिलो प्राथमिकता राखेको अध्यक्ष रिमालले जानकारी दिए । वडाले “एक घर, एक धारा” अभियान नै चलाएको छ । त्यसैगरी वडाले प्राथमिकता, खानेपानी, सिंचाइ, सडक शिक्षालाई दिएको छ ।

Shares

Be the first to comment on "उपभोक्ता समितिमा सवै महिला"

Leave a comment

Your email address will not be published.


*