उपभोक्ता समितिको सिमा ६० लाख निर्धारण गर्न माग

चरिकोट –दोलखा जिल्ला निर्माण व्यवसायी संघले सरकारलाई उपभोक्ता समितिको सिमा ६० लाख निर्धारण गर्न माग गरेको छ । आज विभिन्न माग राख्दै बुझाएको १० बुदे ज्ञापन पत्रमा सो माग गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखा मार्फत बुझाएको ज्ञापनपत्रमा साउन १६ भएको मन्त्री परिषद निर्णय अनुसार संसोधन भएको आठौ खरिद निमावली प्रति ध्यान आकर्षण भएको जनाएको छ ।संघका बरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठ र महासचिब राजेश थापाद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा हालै गरिएको संसोधन अपुरो र अधुरो रहेको जनाइएको छ । साना व्यवसायीलाई ५ करोड सम्म खुल्ला गरी कुनै पनि पुर्व योग्यता निर्धारण नगरी बोपत्र अव्हान गर्नुपर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
उपभोक्ता समितिको सिमा ६० लाख निर्धारण गर्न माग गरेको छ । मुद्धा पुनारावेदन गर्दा राखिने धरौटी रकम ०.०१ नै कामय गर्नु पर्ने महासचिब राजेश थापाले बताए । रकम विनियोजन सुनिश्चिता भएपछि मात्र बोलपत्र आवहान गर्नु पर्ने बिज्ञप्तीमा जनाइएको छ । निर्माणधिन काम प्रकृति हेरी म्याद थप गर्ने ब्यवस्था गर्नु पर्ने तथा दण्ड जरिवाना पुनारावोलकन तथा पुरुस्कार व्यवस्था गर्न सरकारसँग संघले माग गरेको छ ।

Shares

Be the first to comment on "उपभोक्ता समितिको सिमा ६० लाख निर्धारण गर्न माग"

Leave a comment

Your email address will not be published.


*