उपप्रमुख फोरम गठन

चरिकोट (दीस) ः दोलखा जिल्लामा पहिलो पटक स्थानीय तहका उपप्रमुखहरुको फोरम गठन भएको छ । शनिबार चरिकोटमा एक समारोहका वीच भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत अध्यक्षतामा फोरम गठन भएको हो । जसमा दोलखाका स्थानीय उपप्रमुख सदस्य रह्नु भएको छ । उपप्रमुख तथा उपाध्यक्षहरुले पालिकामा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्न, पालिकाहरुसँग आवश्यक सहजीकरण गर्नका लागि उक्त फोरम गठन गरिएको बताइएको छ । शनिबार भएको उक्त कार्यक्रममा दोलखाका स्थानीय तहका उपप्रमुखहरु मेलुङ गायत्री आचार्य,शैलुङ पार्वती कार्की,जिरी कृष्णमाया बुढाथोकी,विगु देविका थामी,वैत्यश्वर कल्पना उप्रेती,तामाकोशी सिर्जना सुवेदीको सहभागिता रहेको थियो ।

Shares