उपचार गर्ने पैसा छैनः चरिकोट जानुस् सित्तैमा हुन्छ उपचार

दीक्षण समाचार
चरिकोट, १९ मंसिर
उपचार गर्ने पैसा छैन ? तर पैसा नभएर पनि चिन्ता लिनु पर्दैन । प्रस्तावित चरिकोट अस्पताल जानुस् पैसा नभए पनि सम्पूर्ण उपचार हुन्छ ।
कुनै दुर्घटनामा परेर वा बिरामी भएर उपचारका लागि अस्पताल जाँदा सबैभन्दा जोकोहीलाई पनि चिन्ताको विषय उपचार खर्चको हुन्छ । रोगको उपचार गर्नुभन्दा पनि खर्च पुग्छ कि पुग्दैन, कति खर्च लाग्ने हो, खर्च नपुगे के गर्ने भन्ने रोगको पनि महारोग खर्चकै विषयमा हुन्छ ।
अब पैसा नभएकै कारण कोही रोग पालेर बस्नु पर्ने अवस्था छैन । चरिकोट अस्पतालमा उपचारका लागि भित्र गएपछि कुनै पनि शुल्क तिर्नु पर्दैन । बरु उल्टै विरामीका लागि खानाको समेत व्यवस्था गरेको छ । ३ वर्षदेखि यस्तो सेवा सुरु भएपछि सबैभन्दा बढी विपन्न, गरिबहरुले अस्पताल पुगेर उपचार पाएका छन् ।


सरकारले संविधानमै व्यवस्था गरेर शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत अधिकारको रुपमा राखेको छ । यस्ता आधारभूत अधिकार निशुल्क हुनु पर्ने हो । तर यिनै शिक्षा र स्वास्थ्य नै अहिले सबैभन्दा महङ्गो हुँदै आएको छ । त्यही भएर पनि शिक्षा र स्वास्थ्यका लागि पनि मानिसले सबैभन्दा बढी खर्च गर्नु पर्दा हरेकतिर लोभी बन्नु परेको गुनासो पनि गर्न थालेका छन् ।
सरकारले संविधानमा उल्लेख गरेको निशुल्क स्वास्थ्यको नाराको अनुभुती हुने गरी अस्पतालमा पनि सञ्चालित छ । जहाँ पुगेपछि विरामी र विरामी कुरुवाका लागि पैसाको कुनै पनि चिन्ता लिनु पर्दैन । अस्पतालको गेटभित्र छिरेपछि विरामीका लागि कुनै पनि शुल्क नै लाग्दैन अर्थात हरेक सेवा पूर्ण रुपमा निशुल्क छ ।
दोलखाको चरिकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) ३ वर्षदेखि पूर्ण रुपमा निशुल्क रुपमा सञ्चालन भइरहेको छ । धेरैलाई यसको बारेमा जानकारी नहुन पनि सक्छ । सरकारी अस्पताल भन्ने वित्तिकै राम्रो सेवा हुँदैन, चिकित्सकहरु पनि नियमित हुँदैनन् भन्ने आम सर्वसाधारणको सोचाइ ३ वर्षमा प्रस्तावित चरिकोट अस्पतालले बदलेको छ ।
ग्रामीण भेगका विपन्न विरामीहरुलाई मध्यनजर गर्दै २०७२ माघ १ गतेदेखि सार्वजनिक–निजी साझेदारीमा सञ्चालन भइरहेको अस्पतालले सेवा सुविधाहरु थप गर्दै गएको छ । हरेक सेवा निशुल्क सञ्चालन गर्दै आएको चरिकोट अस्पतालमा ठाउँ भए थप सेवा विस्तार गर्ने योजना समेत बनाएको छ ।
अस्पतालमा युवा विशेषज्ञ डाक्डरहरुको टोली २४ सैं घण्टा विरामीका सेवामा तत्पर हुन्छन् । हरेक विरामीहरुको पहिलो रोजाइ चरिकोट अस्पताल हुने गरेको छ । पैसाकै अभावमा लामो समयदेखि रोग पालेर बसेका विपन्न नागरिकहरुका लागि त झन् यो अस्पताल बरदान सावित भएको छ ।
अस्पतालले दैनिक ३ सयदेखि ४ सयसम्म विरामीलाई ओपिडी सेवा दिंदै आएको छ । ३ वर्षदेखि सार्वजनिक निजी साझेदारीमा सञ्चालित अस्पतालमा विरामीको ई दर्ता सेवा रहेको छ । यो नेपालमै पहिलो सेवा हो । यसको सिकाइबाट काठमाडौंका ठूला अस्पताल ग्राण्डि जस्ता अस्पतालले पनि भर्खरै सुरु गरेका छन् । इ दर्ता सेवाले विरामीको एउटा कोर्ड नं.बाट उसका हरेक स्वास्थ्य सूचना दर्ता हुन्छ ।
अस्पताल सुरु गरेको ३ वर्षमा १ लाख ४० हजार विरामीको उपचार भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले जानकारी दिए । अस्पतालमा आइसीयुमा राखेर गर्नु पर्ने जटिल खालको उपचार बाहेकको सेवा पु¥याउँदै आएको छ । जटिल खालको काठमाडौंमा ६÷७ लाखसम्म लाग्ने अप्रेसन समेत निशुल्क चरिकोटमा हुन थालेपछि काठमाडौं पुगेका विरामी समेत चरिकोट फर्केर उपचार गर्न लागेको उनले बताए ।

Shares

Be the first to comment on "उपचार गर्ने पैसा छैनः चरिकोट जानुस् सित्तैमा हुन्छ उपचार"

Leave a comment

Your email address will not be published.


*