उद्योग वाणिज्य सघंको नेतृत्वको निर्वाचन आज

चरिकोट – दोलखा उद्योग वाणिज्य सघंको नेतृत्वको आज निर्वाचन हुदै छ । अध्यक्षमा बर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र श्रेष्ठ विच प्रतिस्पर्धा हुने पक्का भएको छ । शुक्रबार भएको उम्मेवादी अध्यक्षमा  २ जनाले  दर्ता गरेको निर्वाचन समिति जनाएको छ । आगामी ३ वर्षको नेतृत्व संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र श्रेष्ठको प्यानल चुनावी मैदानमा जान पक्का भएको हो । सुन्दर कार्कीले समूहबाट गंगाबहादुर बुढाथोकी, दिनेश बस्नेत, दिनेश पाठक, बलराम थापा, बिकास श्रेष्ठ, भिमबहादुर श्रेष्ठ, रामकुमार खड्का, सरुना श्रेष्ठ, सुरेश उप्रेती, सुन्दर श्रेष्ठ, श्यामकृष्ण कायस्थ र हिमाल न्यौपाने रहेका छन् आरक्षण सदस्यतर्फ नविना लामा र अनिल रिजाल उम्मेदारी दिएका छन ।

ईन्द्रबहादुर श्रेष्ठको समूह बाट कुलप्रसाद पौडेल, गणेश शाही ठकुरी, दिनेश थापा, देवकृष्ण थापा, निलाकुमार श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, विमल श्रेष्ठ, विवेक केसी, सनत थापा, सुरेन्द्र उप्रेती, हेमराज रिमाल, अनिता श्रेष्ठ, र नवराज रिजाल र सुव्वा श्रेष्ठले उम्मेदारी दिएका छन ।यस अघि एसिसोयट तर्फ कृष्णबहादुर श्रेष्ठ निर्विबिरोध भएका छन ।

Shares

Be the first to comment on "उद्योग वाणिज्य सघंको नेतृत्वको निर्वाचन आज"

Leave a comment

Your email address will not be published.


*