उत्पादनका आधारमा किसानलाई अनुदान दिइने


काठमाडौँ ः अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनु भएको छ । विहिवार अर्थ मन्त्रालयमा अर्थमन्त्री भेट्न पुगेका किसानहरुको समूहसँग भेट गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
आलुप्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति विहिवार किसान समूह उहाँलाई धन्यवाद ज्ञापन गर्न अर्थमन्त्रालय पुगेको थियो । सोही अवसरमा मन्त्रि महतले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको उल्लेख गर्दे सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गर्र्नु भयो । आयातित आलुप्याज रोक्न र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य बजेटको रहेको उहाँको भनाई थियो ।
भेटमा मन्त्री महतले आलुप्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताउँदै करको व्यवस्थाले आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने दावी गर्नुभयो । सरकारले कृषि क्षेत्रमा दिने अनुदानको विगतमा दुरुपयोग भएको बताउँदै मन्त्री महतले अब सरकारले उत्पादनको आधारमा अनुदान दिने तयारी भइरहेको बताउनुभयो । निर्धक्क भई उत्पादन बढाउने तर्फ लाग्न उहाँले उक्त अवसरमा आग्रह गर्नु भयो ।

Shares

Be the first to comment on "उत्पादनका आधारमा किसानलाई अनुदान दिइने"

Leave a comment

Your email address will not be published.


*