उत्तर दक्षिण राजमार्ग र फिल्मसिटी निर्माण गर्न सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्वता

चरिकोट (दीस) ः प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले दोलखामा निर्माण हुने बहुचर्चित फिल्मसिटी, उत्तर –दक्षिण अन्तरदेशीय राजमार्ग र चरिकोटमा रहेको टुडीखेल मैदानको स्तरउन्नोति लगायतका योजनाहरुलाई पूर्णता दिन आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ । शुक्रबार दोलखा उद्योग वाणिज्य सँघको आयोजनामा हुुन लागेको बृहत दोलखा महोत्सव उद्घाटन गर्न दोलखा आउनु भएका प्रधानमन्त्री दाहालले सो प्रतिवद्वता जनाउनु भएको हो । उहाँले चीनदेखि दोलखा हुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत बताउनुभयो । उहाँले दोलखामा ‘फिल्म सिटी’ निर्माणका लागि सरकारको सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ,
उहाँले देशमा अहिले अर्थतन्त्रमा सुधार देखिएको दाबी गर्नु भयो। आफू सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर नभएको भन्दै अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो । “पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अर्थतन्त्रमा सुधारले मुलुकमा उत्साह देखिएको छ ।” उहाँले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । निजीक्षेत्र तथा सरकारको सहकार्यबाट नै अर्थतन्त्र चलायमान हुने भएकोले बृहत दोलखा महोत्सवले दोलखाको अर्थतन्त्रलाई चालयमान बनाउने विश्वास उहाँले विश्वास ब्यक्त गर्नु भयो । पुुस लागेसँगै आफूले काम गर्ने तरिकामा परिवर्तन गरी सिंहदरबार केन्द्रित काम गर्न लागेको उहाँको भनाई रहेको छ ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपालमा अहिले पर्यटकमा वृद्धि भएको, विप्रेषणमा सुधार आएको र वैदेशिक मुद्रा सञ्चिति बढेको भन्दै अर्थतन्त्रमा सकारात्मक सन्देश गएको भएपनि अर्थतन्त्रलाई सुधार गर्न सरकार गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो । अर्को प्रसंगमा अध्यक्ष ढकालले नेपाल विद्युत प्राधिकरणले उद्योगमा विद्युत काटेर व्यवसायीलाई आतंकित बनाएको धारणा राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा , नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङ नेकपा माओवादी केन्द्रीयका केन्द्रीय सदस्य विशाल खड्का, लगायतले सम्बोधन गर्नु भएको थियो ।कार्यक्रममा बक्ताहरुले दोलखाको विकासमा सहयोग गर्न प्रधान मन्त्री दहालसँग आग्रह गर्नु भएको थियो । “दोलखा महोत्वसवको दिब्य दृष्टी, आर्थिक क्रान्तिको नयाँ सृष्टि” नाराका साथ दोलखामा महोत्सव सुरु भएको छ । महोत्सव दश दिनसम्म चल्ने आयोजक संस्थाको भनाई रहेको छ ।कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो ।

Shares

Be the first to comment on "उत्तर दक्षिण राजमार्ग र फिल्मसिटी निर्माण गर्न सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्वता"

Leave a comment

Your email address will not be published.


*