उत्कृष्ट कृषक थापा सम्मानित

ईश्वर बिश्वकर्मा
चरिकोट, असोज ४
जुनतारा कृषि सहकारी संस्था लिमिटेडको दशौँ बार्षिक साधारण सभाका अवसरमा शनिबार उत्कृष्ट कृषक रमेश थापा सम्मानित भएका छन् ।
उद्यमशिलताका माध्यमबाट व्यवसायिक कृषिको गर्दै समाजमा उदाहरणीय बन्न सफल भीनपा ३ तारथलीका रमेश थापा १ हजार ५ रुपैया सहित सम्मान पत्रले सम्मानित भएका हुन् ।
थापाले सहकारी मार्फत कृषि ऋण लिई व्यवसायिक तरकारी खेतीका साथै फूल खेती गरि वार्षिक करिब १ लाख आम्दानी गर्ने गरेको संस्थाकि सचिव पार्वती श्रेष्ठले बताइन् ।
सभामा संस्थाका उत्कृष्ट दैनिक बाल बचत कर्ता कृष्ण थामी, उत्कृष्ट मासिक बाल बचत कर्ता आयुष सुनुवार, दैनिक बचत कर्ता लाल बहादुर तमाङ, दैनिक कारोबार नरनारायण लाल श्रेष्ठ, उत्कृष्ट मासिक किस्ता तर्फबचत शिवहरी श्रेष्ठ सम्मानित भएको संस्थाका अध्यक्ष प्रविण श्रेष्ठले बताए ।
त्यसैगरि मासिक बचत कर्ता प्रेम कुमारी तमाङ, उच्च कार्यको प्रशंसा गर्दै उत्कृष्ट कर्मचारी लाल माया थामी, पुर्व अध्यक्ष लीला कार्की श्रेष्ठलाई सम्मान गरिएकोे उनले बताए ।
सभामा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हरिशरण शिवाकोटीले कृषि ऋण सही ठाउँमा लगानी गर्नुपर्ने बताए । कृषकले कृषि ऋण अन्यत्र खर्च गर्न नहुने उनले बताए । बैंक तथा सहकारीलाई कृषि क्षेत्रमा विषेश लगानी गर्न उनले आग्रह गरे ।
२०६६ सालमा स्थपना भई सञ्चालनमा आएको सो सहकारीको कुल पुँजी ४ करोड २५ लाख ६४ हजार ५ सय ३० रहेको छ ।
संस्थाले विवाहित महिला सदस्यहरुलाई २ सन्तानसम्म जन्म हुँदा सुत्केरी खर्चलाई निरन्तरता दिएको संस्थाले जनाएको छ ।
गत वर्ष ८ जना सदस्य महिला सुत्केरी हरुलाई नगद १ हजारको दरले ८ हजार वितरण गरिएको संस्थाकी सचिव पार्वती श्रेष्ठले सञ्चालक समितिको प्रतिवेदन सहित बताइन् । त्यसैगरि गत वर्ष नै सदस्य हितकोष मार्फत मृत्यु राहत १६ जनालाई वितरण गरिएको उनले बताइन् ।
संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिल श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक पहल थामीले प्रस्तुत गरेका थिए ।
साधारण सभामा जिल्ला कृषि सहकारी संघ लिमिटेडका उपाध्यक्ष सन्तोष राउत, गुठी संघका अध्यक्ष रामदास श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "उत्कृष्ट कृषक थापा सम्मानित"

Leave a comment

Your email address will not be published.


*