उठ्यो जिरी

जिरी–दोलखाको जिरी नगरपालिकामा रहेको जिरीलाई नेपालको स्वीजरल्याण्ड भनेर चिनिने गरेको छ । अहिले यो बजार सुन्दर शहरको रुपमा विकास भएको छ । जिरीबजारमा अहिले बाटा चौडा बनाइएको छ । २०७२ सालमा आएको विनासकारी भूकम्पको कारण ध्वस्त भएको सुन्दर पर्यटकीय नगरी जिरी बजारमा दुईवर्ष पछि उठेको छ । फेरि चहलपहल देखिन लागेको छ । दोलखाको यो बजारले पुरानो स्वरुप बदल्दै नयाँ स्वरुपमा उठेको छ । भूकम्पले ध्वस्त भएको जिरी बजारमा घरदेखि सडकसम्म नयाँ संरचना बनेका छन् । बजार पुरै नयाँ र आधुनिक भएको छ । भूकम्पले ढुँगा माटाका घर ढालेपछि जिरी बजारमा सिमेन्ट लगाइएको पक्की घर बनेका छन् । नयाँ घरमा रंगरोगन गरिएपछि बजार नै अर्कै देखिएको छ । पुराना ढुँगामाटाका घर भत्किएपछि बनेका घरमा होटलसमेत आधुनिक र सुविधासम्पन्न बनेका छन् । जिरीको सडक अब पहिला जस्तो साँघुरो छैन, फराकिलो बनेको छ । यात्रीहरुको लागि हिँड्न फराकिलो सडक पेटी बनाइएको छ । हरेक घरमा सवारी पार्किङ गर्ने खुल्ला ठाउँ छाडिएको छ । भूकम्पले होटलहरु समेत भत्किएपछि जिरी घुम्न जाने पर्यटकहरुको संख्या करिव एक वर्षजति झण्डै ठप्प भएको थियो । भूकम्प पछिको पुननिर्माणसँगै बजारमा आउने मानिसहरुको संख्या पनि विस्तारै बढ्दै गएको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।
‘भूकम्प गएको एक वर्षसम्म त सुनसान । सबै घर भत्किएर ध्वस्त । न बासको ठेगान न गाँसको ठेगान जस्तो भयो । घुम्न आउने मानिसहरु पनि ठप्प भए । आएर पनि बस्ने ठाउँ भए पो’, स्थानीय होटल व्यवसायी लक्की शेर्पाले विगतलाई सम्झिइन् । तर अहिले अवस्था फेरिइसकेको छ । स्वदेशी मात्र हैन विदेशी पर्यटकहरु पनि जिरी पुग्न लागेका छन् । स्थानीयहरु भूकम्पको पीडा विर्सदै फेरि सामान्य अवस्थामा र्फकेका छन् । जिरी बजारलाई नेपालको स्वीटजरल्याण्ड भनेर पनि सम्बोधन गर्ने गरिन्छ । पहाडको बीचको सानो उपत्यका जिरी बजार प्राकृतिक मनोरम र चिसो हावापानी भएको क्षेत्र हो । जिरी बजार घुम्न वाहृय तथा आन्तरिक पर्यटकहरु बाक्लै पुग्ने गर्दछन् । यहाँ बजार बसाउनको लागि स्वीस सरकारले ठूलो सहयोग गरेको थियो । सिन्धुपाल्चोकको खाडीचौरदेखि जिरीसम्म सडक निर्माण, जिरीमा प्राविधिक शिक्षालय स्थापना, अस्पताल, गाई फार्म स्थापना लगायतको काममा स्वीस सरकारले सहयोग गरेकै कारण अहिलेको जिरी जिरी भएको हो । भुकम्प पछि सुनसान रहेको जिरी बजार आधुनीक डिजाइन सहित पुन निर्माण भए संगै चहलपहल फेरी सुरु भएको छ । जिरीमा घुम्न अहिले स्वदेशी मात्र नभई विदेशी पर्याटक समेत पुग्न थालेका छन् । केहि वर्ष देखि जिरी बजार सुनसान भएता पनि भूकम्प पछिको पुन निर्माणसंगै जिरी आँउने पर्यटकहरुको संख्यामा वृद्धि हुँदै गएको होटल व्यवसायी केशर जिरेलले बताए ।

जिरी नगरपालिका मेयर टंक जिरेलले नगरपालिकाले“ किल्न जिरी, ग्रिन जिरी र आर्गनीक जिरी”को वनाउने अभियानमा नगरपालिका तिव्र तरिकाले लागेको बताए । नगरपालिकाको योजना कृत्रिम ताल निर्माण रहेको उनले बताए । केही बर्ष भित्र ताल निर्माण हुने उनको भनाई छ । ताल वरीपरीका वस्ती स्वीजरल्याण्ड मोडल बनाइने उनले बताए । पर्यटकलाई स्वागत गर्न जिरीवारी सधै तत्पर रहेको मेयर जिरेलले बताए ।सफा “किल्न” जिरीको अवलोकन गर्न पर्यटन लाई अनुरोध गरे । ग्रिन जिरीको आनन्द लिन र आर्गनीकको वस्तू स्वाद लिन पर्यटक जिरी आउनु पर्ने मेयर जिरेको भनाई छ ।

Shares

Be the first to comment on "उठ्यो जिरी"

Leave a comment

Your email address will not be published.


*