उच्च सर्तकता अपनाउन जिल्ला प्रशासनको आग्रह

चरिकोट (दीस) ः जिल्ला प्रशासन कार्यालय दोलखाले मनसुन देश बाट नहटेकोले उच्च सतर्कता अपनाउन जिल्लासासीहरूलाई आग्रह गरेको छ । बुधबार सुचना जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन भारी वर्षाको सम्भावना रहेको र जोखिमपूर्ण अवस्था कायम राखेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको जनाएको छ । असोज १० गतेदेखि जारी अति भारी वर्षाका कारण विभिन्न स्थानमा जमिन गलिसकेको र सामान्य वर्षा हुँदा पनि ठूलो पहिरो र खोलामा बाढीको जोखिम बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । “ सावधानीका उपायस्वरूप यात्रा गर्दा विशेष सतर्कता अपनाउन, भारी वर्षा भइरहेको बेला सुरक्षित स्थानमा रोकिएर यात्रा गर्नु र नदी तथा खोलानजिकको क्षेत्रमा एक्कासी बाढी आउनसक्ने सम्भावना छ” सूचनामा उल्लेख छ । दोलखाको उत्तरी क्षेत्रमा पर्ने गोगंर–लामाबगर सडक खण्डमा वर्षाको कारण जमिन धस्सिएको र धाँजा फाटेको देखिएकोले यात्रा गर्दा सचेतना अपनाउन प्रशासनले आग्रह गरेको छ । दोलखाको गोंगर, जगत, र सिंगटी बजार क्षेत्र जस्ता नदी तटीय क्षेत्रमा ठूलो क्षतिको सम्भावना रहेकोले यस क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आग्रह गरेको जनाएको छ ।

Shares

Be the first to comment on "उच्च सर्तकता अपनाउन जिल्ला प्रशासनको आग्रह"

Leave a comment

Your email address will not be published.


*