उच्च भागमा हिउ परेसँगै दोलखामा पर्यटकको घुँइचो

चरिकोट –दोलखाको उच्च भागमा हिउ  परेसँगै दोलखामा पर्यटकको घँुइचो भएको छ ।
शुक्रवार दोलखामा आन्तरिक पर्यटक तथा बाह्य आगमनसगै दोलखाको पर्यटकिय स्थल कुरीमा तथा सदरमुकाम चरिकोटका सवै होटल भरिभाउ भएको होटल संन्चालकले बताएका छन । दोलखाको कुरीमा होटल संन्चालन गर्दै आएका सुनापाति होटलका होटल व्यवसायी हरि ओलीले कुरीका सवै होटल बुकिङ भएको बताए । होटलको अभावमा ३ सय जना पर्यटक अलपत्र परेकाले उनीहरुलाई  चरिकोटमा पठाउने क्रम जारी रहेको बताए । कुरीमा ३ हजार पर्यटक राख्न सक्ने क्षमतामा हाल होटल संन्चालन भएका छन । शुक्रवार सवै होटल बुकिङ भएका हुन ।
त्यसैगरी चरिकोटमा होटल व्यवसाय गर्दै आएका होटल व्यवसायी देव कृष्ण थापाले आज चरिकोटका सवै होटल बुकिङ भएको बताएका छन । त्यसैगरी होटल पावनले आज सवै होटल बुकिङ भएको बताएको छ ।
दोलखामा बर्षेनी हिँउ परेसँगै दोलखा हिँउको मजा लिन स्वदेशी तथा विदेशी पर्यटक रोजाई पर्ने गरेको छ । अहिले दोलखाको धार्मिक स्थल कालिन्चोकका केवल कार निर्माण सँगै पर्यटकको रोजाई झन बढ्दै गएको छ ।
खाको धार्मिक स्थल कालिन्चोकका केवल कार निर्माण सँगै पर्यटकको रोजाई झन बढ्दै गएको छ ।

Shares

Be the first to comment on "उच्च भागमा हिउ परेसँगै दोलखामा पर्यटकको घुँइचो"

Leave a comment

Your email address will not be published.


*