उच्च पहाडी क्षेत्रमा हिउँ प¥यो, चिसो बढ्यो

चरिकोट– हिउँ परेपछि चिसो बढेको छ । सोमबार दिनभर दोलखामा घाम लागेन । घाम नलागेपछि चिसो बढेको छ । सोमबार अपरान्हतिर उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । आज पनि दोलखामा चिसो महसुस गरिएको छ ।
हिउँ पर्नासाथ हिउँमा रमाउन युवा युवतीहरुको भीड नै लाग्ने गरेको छ । दोलखाका खरिढुङ्गा, कालिञ्चोक, सैलुङ, हनुमन्ते डाँडा, चेर्दुङ लगायतका डाँडाहरुमा हिउँ परेपछि युवाहरु हिउँको पर्खाइमा छन् ।
यसपालीको पुस लागेसँगै जाडो बढेको हो । मंसिर अन्तिमतिर पनि बादल लागेर केही ठाउँमा फटफुट वर्ष समेत भएको थियो । जाडोको अन्तिम बेला हिउँ परेपछि हिउँमा रमाउन राजधानी लगायतका विभिन्न ठाउँबाट हिउँ खेल्न उच्च पहाडी क्षेत्रमा पुग्ने गरेका छन् ।
अरनिको लोकमार्गको सहायक मार्गको रुपमा रहेको पुष्पलाल मार्ग अन्र्तगत खरिढुङ्गामा परेको हिउँ हेर्न विगतमा पनि दैनिक सयौं पर्यटकहरु आउने गरेको स्थानीय फूर्वा तमाङले बताउनु भयो । गाडि चढेर यात्राको बाटैमा पर्ने डाँडामा हिउँको मज्जा लिन सकिने भएकाले पनि राजधानी जाने र राजधानीबाट बाहिरीनेहरु गाडि नै रोकेर हिउँको मज्जा लिने गरेको तमाङ्ले बताउनु भयो ।
हिउँमा रमाउनेहरु धेरै जसो युवा युवतीहरु रहेका छन् । हिउँलाई विभिन्न आकृतिमा रुपान्तरण गरेर खेल्ने र तस्वीर खिच्नेहरुको लाग्ने गरेको छ । सडक राम्रो भएपछि कालिञ्चोक पुगेर हिउँ खेल्नेहरु अत्याधिक हुन्छन् । विगतका वर्षहरुमा हिउँमै छायाङ्कन गरेका चलचित्र र गीतको छायाङ्कन पनि छन् ।
चिसो बढेपछि स्थानीयहरु भने बाहिर हिडडुल गर्नेहरु कमै देखिएका छन् । बजार क्षेत्रमा समेत आगो बालेर ताप्ने, न्यानो कपडा लगाउँने गरेको छन् । चिसोले रुघा खोकी, घाँटिको समस्या लगायतको स्वास्थ्य समस्या हुने भएकाले न्यानो कपडा लगाउँन डाक्टरहरुले सुझाव दिएका छन् ।

Shares

Be the first to comment on "उच्च पहाडी क्षेत्रमा हिउँ प¥यो, चिसो बढ्यो"

Leave a comment

Your email address will not be published.


*