उखुबारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर,१ सय ५७ जनाले सेवा लिए

राजकुमार भुजेल, दोलखा। विभिन्न रोगबाट बच्न सचेतना,रोगको पहिचान र उपचार सेवाहरुबाट वञ्चित भएका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उखुबारी समाज सेवा समिति तथा च्छोरोल्पा जनरल अस्पताल चरिकोट द्वारा एकदिने निशुल्क स्वास्थ्य शिविर भिमेश्वर नगरपालिका वडा नं ७ उखुबारी स्थित सार्वजनिक भवनमा आज शनिबार सम्पन्न भएको हो । शिविरमा च्छोरोल्पा जनरल अस्पताल का प्रमुख तथा बरिष्ठ डाक्टर विनोद दङ्गाल,शुरेस थापा,राजेश मण्डल,गंगा केसि, शर्मिला बुढाथोकी,रन्जु लामा,जुलि मानन्धर लगाएत स्वास्थ्यकर्मीको टिमले बिरामीहरूको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो। शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, भिडियो एक्सरे,पेट रोग,कान,दात, मधुमेह लगाएतका अन्य विभिन्न रोगहरूबाट प्रभावित भएका ४ वर्ष उमेर देखि ९० वर्ष उमेर समूहका बालबालिका, युवा तथा वृद्धहरु गरि १ सय ५७ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । जसमध्ये भिडियो एक्सरे ६१ जना,सामान्य अप्रेसन ३ जना,सगुर चेकअप ८० जना,वल्ड प्रेसर २१ जना, स्त्री रोग २१ ,पाठेघर खसेको २ जना, घुडा खिएको सुइ अन्तगर्त ४ जना, हार्डजोर्नि ५६ जना,पत्थरी सम्बन्धी रोगका १३ जना बिरामीहरुले सेवा लिएको डाक्टर विनोद दङ्गालले बताउनुभयो। उनका अनुसार सेवा लिएका विरामीहरु मध्ये बाट सिविरबाट रिफर गर्नुपर्ने विरामीहरु २७ जना देखा परेका छन्। शिविरमा स्वास्थ्य जाँच गर्न आउने बिरामीहरु धेरैजसो सुगर चेकअप , एक्सरे र हाडजोर्नी तथा नशा सम्बन्धी रोगबाट प्रभावित भएका बिरामीहरु आएका डा.दङ्गाल ले बताउनुभयो। उहाँले शिविरमा रोगको उपचार सम्भावन नभए थप उपचारका लागि सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा जनरल अस्पतालमा आएर सेवा लिन समेत अनुरोध गर्नुभयो। उनले भने “शिविरमा उपचार गराएर उपचार सम्भावन नभएका विरामीहरुले च्छोरोल्पा जनरल अस्पतालमा गएर उपचार गरे छुट दिइने छ ।” शिविरको उद्घाटन भिमेश्वर नगरपालिका नगर प्रमुख इश्वर नारायण मानन्धरले ल गर्नुभयो। सोही अवसरमा विसं २०७५ साल जेठ ४ गते स्थापना भएको उखुबारी समाज सेवा समितिले विगत लामो समयदेखि थुप्रै मानव जिवनमा आइपर्ने स्वास्थ्य उपचार को लागि उदाहरणीय काम गरेको भन्दै खुसी व्यक्त गरे । प्रमुख मानाधरले आफुले गएको स्थानीय चुनावमा चुनाव जितेर आएपछि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पहिलो प्राथमिकता दिइएको बताए । उनले उखुबारीमा थप स्वास्थ्य चैकी स्थापना निर्माण गर्ने व्यवस्था र उपचार का लागि सदरमुकाम सम्म जानुपर्ने बाध्यता हटाउने बताए। उखुबारी समाज सेवा समिति का अध्यक्ष श्रिकृष्ण बस्नेतको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा भिमेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विनोद तामाङ, सदस्य रगुनाथ कार्की, निवर्तमान सदस्य हरिकृष्ण बस्नेत, सफल युवा व्यवसायी दोलखाका दिनेश बस्नेत , उखुबारी समाज सेवा समिति का पदाधिकारी लगाएको उपस्थिती रहेको थियो। शिविरमा कुप्री, काउले,जोगिरुम्ता, बालुवा लगायतका क्षेत्रहरुबाट उपचारका लागि आएका थिए।

Shares

Be the first to comment on "उखुबारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर,१ सय ५७ जनाले सेवा लिए"

Leave a comment

Your email address will not be published.


*