ईश्वरभुमि साकोस मिर्गेको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

दीक्षण समाचार
चरिकोट, माघ १
दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे पाइलेमा अवस्थित ईश्वरभुमि बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ।
साधारणसभा संस्थाका अध्यक्ष सुवास बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को प्रगति प्रतिवेदन तथा २०७८÷०८९ को प्रस्तावित कार्यक्रमको आर्थिक प्रतिवेदन संस्था कोषाध्यक्ष ढाल बहादुर बस्नेतले कुल ५३ लाख ८१ हजार ५८ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका गर्नुभएको थियो ।
संस्थाको सेयर पुँजी ३ लाख ६४ हजार ७ सय रहेको छ। त्यस्तै गरी सहकारीले चालु वर्षमा ९० हजार ७ सय ८७ रुपैयाँ नाफा गरेको छ। सहकारीमा हाल ३ सय ४७ जना सेयर सदस्य र १२ बाल सदस्य गरि ३ सय ५९ जना सदस्य रहेको संघका अध्यक्ष बस्नेतले बताउनुभयो ।
संस्थाले छैटौं वार्षिक साधारणसभाको अवसरमा सबैभन्दा बढी सेयर कर्तामा गणेश बहादुर बस्नेत, असल ऋणमा तुलसिं कार्की, जेष्ठ सदस्य पुरुष हिम बहादुर बस्नेत, जेष्ठ सदस्य महिलामा गंगामाया बस्नेत, असल सञ्चालक दिल बहादुर खड्का, नियमित बचत कर्ता भीमकुमारी कार्कीलाई सम्मान गरिएको छ । त्यस्तै विद्यार्थी सम्मानमा सलिन कार्की र दिपिका अधिकारीलाई सम्मान गरेको सहकारीका उपाध्यक्ष दिल बहादुर खड्काले बताउनुभयो । 

 

Shares

Be the first to comment on "ईश्वरभुमि साकोस मिर्गेको छैटौँ वार्षिक साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*