ईलाका प्रशासन कार्यालय सिंगटी संचालनमा

चरिकोट(दीस)ः उत्तरी भेगको केन्द्र सिँगटी बजारमा विगत लामो समयदेखि बन्द ईलाका प्रशासन कार्यालय पूनः संचालनमा आएको छ । विहीवार देखि कार्यालय पूनः संचालनमा आएको हो ।
जिल्लाका उत्तरी भेगका साविकका २२ गाविसका स्थानीयलाई सेवा दिने उद्देश्यले संञ्चालित इलाका प्रशासन कार्यालय वितग एक वर्ष भन्दा बढीदेखि बन्द रहका कारण उत्तरी भेगका स्थानीयहरु नागरिकता बनाउने लगायतका कार्य गर्न सदरमुकाम चरिकोट आउनु पर्ने बाध्यता थियो  । बुधवारबाट कार्यालय पूनः संचालनमा आएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ । सिंगटीमा इलाका प्रशासन कार्यालय पूनः संचालनमा आएपछि दोलखाका उत्तरी भेगका स्थानीयहरुले सहज रुपमा इलका प्रशासन कार्यालयबाट नागरिकता लिन सक्ने छन् ।

Shares

Be the first to comment on "ईलाका प्रशासन कार्यालय सिंगटी संचालनमा"

Leave a comment

Your email address will not be published.


*