इश्लामिक स्टेटले आफ्नो नयाँ नेता छनोट गर्यो

कार्तिक १५ शुक्रबार ,बग्दाद ।
इश्लामिक स्टेट (आइएस)ले आफ्नो नयाँ नेता छनोट गरेको छ । नयाँ नेताको नाम अबु इब्राहिम अल हाशमी भएको जनाइए पनि उनको तस्बिर भने सार्वजनिक गरिएको छैन । सो संगठनले मेसेजिंग सर्विस टेलिग्राममार्फत् नयाँ घोषणा गरेको हो । यो घोषणासँगै सो संगठनले आफ्ना नेता अबु बक्र अल बगदादी मारिएको समेत पुष्टि गरेको छ । यसैगरी अडियो सन्देशमा आइएसका प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको पुष्टि गरिएको छ ।

उनको २७ अक्टोबरका दिन अमेरिकी र कुर्दको अपरेसनका क्रममा मृत्यु भएको थियो । अबु हम्जा अल कुरैसी आइएसका नयाँ प्रवक्ता तोकिएका छन् । उनले नयाँ नेताको हात मजबुत गर्नका लागि सघाउन सबै मुश्लिम समुदायलाई आह्वान गरेका छन् । नयाँ नेताको नाम अमेरिकी सेनाको लागि परिचित होइन । सो संगठनले जनाएअनुसार नयाँ नेता पुरानो जिहादी लडाकु हुन् जो पश्चिमाका विरुद्ध धेरै वटा लडाईँ लडिसकेका छन् । हालै आईएसका नेता बगदादी मारिएपछि अहिले नयाँ नेता छनोट गरिएको बीबीसीले जनाएको छ ।

Shares

Be the first to comment on "इश्लामिक स्टेटले आफ्नो नयाँ नेता छनोट गर्यो"

Leave a comment

Your email address will not be published.


*