इरानको तेल किन्ने मामिलामा भारत हेरेको हे¥यै, चीनले जित्यो बाजी

एजेन्सी – कोरोना महामारीको आरम्भपछि कच्चा तेलको दाम पहिलोपटक ७० डलर प्रतिब्यारलभन्दा माथि पुगेको छ ।  संसारमा सबभन्दा धेरै कच्चा तेल आयात गर्ने मुलुक चीनले हालैका महिनामा इरानसँग कीर्तिमान खरिद गरेको छ ।  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, इरानले चीनलाई व्यापक मात्रामा कच्चा तेल बेचेको छ ।  भारत पनि इरानबाट तेल आयातलाई बढाउन खोजिरहेको छ । अमेरिकाले इरानमाथिको प्रतिबन्ध खुकुलो बनाउन सक्ने देखिएपछि भारत अघि सरेको हो ।  सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट निस्कने घोषणा गरेका थिए । तर बहालवाला अमेरिकी राष्ट्रपति जो बाइडन इरानसँग कुराकानी कायम राख्न चाहन्छन् । तर अमेरिकाले इरानमाथिको प्रतिबन्धलाई तत्कालै खुकुलो बनाउन खोजेको छैन । इरान चाहिँ प्रतिबन्ध नहटाइएसम्म कुराकानी शुरू नहुने बताएको छ ।
रोयटर्सले सूत्रहरूलाई उद्धृत गर्दै बाइडन प्रशासनले सत्ता हात पारेपछि इरानको सरकारी तेल कम्पनी नेसनल इरेनियन ओयल कम्पनीले कच्चा तेलको बजार खोज्नका लागि एसियाली मुलुकहरूसँगको सम्पर्क बढाएको थियो । अमेरिकी प्रतिबन्धका कारण भारतले इरानको पर्याप्त तेल नलिइराखेको अवस्थामा चीन भने धमाधम तेल आयात गरिरहेको थियो । रिफाइनिटिभ ओयल रिसर्चका अनुसार, इरानसँग चीनले विगत १४ महिनामा एक करोड ७८ लाख टन कच्चा तेल किनेको थियो । जनवरी र फेब्रुअरी महिनामा यो कीतिर्मान स्तरमा थियो । त्यसमा ७५ प्रतिशत कच्चा तेल अप्रत्यक्ष रूपमा आयात गरिएको थियो । ओमान, संयुक्त अरब अमिरात वा मलेसियाको तेल चीनको शनदोङ प्रान्तको बन्दरगाहमा ओरालिने गरेको थियो । त्यस प्रान्तमा चीनका रिफाइनिङ कम्पनीहरू छन् ।
२५ प्रतिशत तेलको आयात आधिकारिक खरिदका रूपमा चीनको स्ट्राटेजिक पेट्रोलियम रिजर्भका रूपमा देखाइन्थ्यो । अमेरिकी प्रतिबन्ध कायम रहेको भए पनि कम मात्रामा मात्र इरानबाट तेल लिएको देखाउन चीन सफल थियो । विश्लेषक एम्मा लीले रोयटर्सलाई बताएअनुसार, इरानी तेल ट्यांकर आफ्नो पहिचान खुल्ने डरले ट्रान्सपोन्डरलाई बन्द गरिदिन्थे तर उनीहरू ओमान, यूएई र इराकको तटनजिक हुँदा उनीहरूलाई भूउपग्रहबाट खोज्न सकिन्थ्यो ।
लीका अनुसार, केही तेल ट्यांकरहरूलाई सिंगापुर वा मलेसिया नजिक बदलिन्थ्यो र चीन पु¥याइन्थ्यो

Shares

Be the first to comment on "इरानको तेल किन्ने मामिलामा भारत हेरेको हे¥यै, चीनले जित्यो बाजी"

Leave a comment

Your email address will not be published.


*