इपिएलमा पोखरा राइनोज १० विकेटले विजयी

काठमाण्डौं– एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले उत्कृष्ट विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न साेमबारकाे पहिलो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९  विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।  चितवन टाइगर्सलेका लागि  कप्तान दिपेन्द्रसिंह ऐरीले ४२ र अनिलकुमार मण्डलले ३२ रनको योगदान गरेका थिए । चितवनलाई ११३ रनमा समेटन पोखराका लागि विदेशी खेलाडीहरु इसरुल्लाहले ४ तथा ताज वलीले ३ विकेट लिए। त्यस्तै विक्रम सोव र कप्तान शक्ति गौचनले एक/एक विकेट दिएका थिए ।

११४ रनको लक्ष्यसहित मैदान उत्रिएको पोखरा राइनोजले १७.४ ओभरमा विना विकेट जित दर्ता गर्न सफल भयो। पोखराले १० विकेटले खेल जित्दै इपिएल क्रिकेटमा उपाधी दावेदारी प्रस्तुत समेत गरेको छ । पोखरा राइनोजलाई १० विकेटको जित दिलाउन बिदेशी खेलाडी इसरुल्लाहले अर्धसतक पुरा गरे । त्यस्तै उनले ५२ बलमा १ चौका र ६ छक्काको मद्वतमा ६१ र सुनिल धमलाले ५४ बलमा ३ चौका र २ छक्काको मदतमा ४६ रन बनाए।पोखरा राइनोजका लागि इसरार उल्लाहले ४ विकेट लिए । त्यस्तै, ताज वलीले ३, कप्तान शक्ति गौचन र विक्रम सोवले समान १–१ विकेट लिए । दोस्रो खेल आजै विराटनगर वारिवर्स र ललितपुर प्याट्रिएट्सबीच हुँदैछ । यसअघि सोमबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

Shares

Be the first to comment on "इपिएलमा पोखरा राइनोज १० विकेटले विजयी"

Leave a comment

Your email address will not be published.


*