आसामको करिमगञ्जमा एकहजार किलो गाँजा बरामद

करिमगञ्ज (आसाम), ४ असार (रासस÷एएनआई) – आसाम–त्रिपुरा सिमानमा पर्ने करिमगञ्ज जिल्लाको चुराइबारीबाट प्रहरीले एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ । त्रिपुरा राज्यबाट आउँदै गरेका दुईवटा ट्रकबाट उक्त परिमाणको गाँजा बरामद भएको हो । दुईवटा ठूला ट्रकमा जाँच गर्दा एउटामा भित्री कोठा भेटिएको तथा त्यसमा खानतलासी गर्दा सातसय त्रिसट्ठी पाकेट गाँजा फेला परेको चुराइबारी प्रहरी कार्यालयका निरञ्जन दासले बताए । जाँचको क्रममा भागेको अर्को ट्रकलाई नियन्त्रणमा लिइएको र कारबाहीमा परेका दुवै ट्रकबाट एकहजार तीन किलो गाँजा बरामद भएको उनले जनाए । लिटन सरकार नाम गरेका चालकलाई पक्राउ गरएको जानकारी दिँदै उनले अभियुक्तविरुद्ध मुद्दा दायर गरी अनुसन्धान थालिएको बताए । –––

Shares

Be the first to comment on "आसामको करिमगञ्जमा एकहजार किलो गाँजा बरामद"

Leave a comment

Your email address will not be published.


*