आविस्कार प्रतियोगिता सम्पन्न

दीक्षण समाचार ,चरिकोट, – दोलखाको मेलुङ गाउँपालिका वडा नं. ४ भेड्पु स्थित भीम माविमा स्थानीय आविष्कार खुल्ला प्रतियोगिता सम्पन्न भएको छ । विकासको लागि आविष्कार भन्ने नाराका साथ गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । विज्ञान क्षेत्रमा विद्यार्थीहरुको रुचि जगाउन र भविष्यमा आविष्कार बन्न प्रोत्साहित गर्ने उद्धेश्य सहित आयोजित प्रतियोगितमा पालिकाका आठ वटा विद्यालयका विद्यार्थी समूहको सहभागिता रहेको थियो । उनीहरु बीच भएको प्रतिस्पर्धामा वडा नं. ६ को त्रिभुवन माविका विद्यार्थी समूहले उत्कृष्ट उपाधि हासिल गर्न सफल भएको थियो । सो समूहले हाइटेक नर्सरी सम्बन्धि प्रविधिको निर्माण गरेको थियो । बाँदर धपाउने मेसिन बनाएर वडा नं. २ कालिका माविका विद्यार्थी समूह दोस्रो, भ्याकुम क्लिनर बनाएर वडा नं. ३ को लक्ष्मी माविको समूह तेस्रो र स्काभेटर निर्माण गरी भीम माविको समुह सान्त्वना भएको थियो । विजयी समूहहरुलाई नगद सहित पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिरा थोकर, उपाध्यक्ष गायत्री आचार्य, वडाध्यक्ष सोम बम्जन, सफ्टवेयर ईन्जिनियर अपिल कार्की, गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "आविस्कार प्रतियोगिता सम्पन्न"

Leave a comment

Your email address will not be published.


*