आलु भन्दा बढी लाभदायक छ यसको बोक्रा

एजेन्सी–आलु त तरकारीको राजा नै हो । यो हरेक भान्साको शान हो । अनि अधिकांश मान्छेले आलुको बोक्रा ताछेर मिल्काउँछन् । तर तपाईंलाई थाहा छ ? आलुभन्दा बढी गुणकारी यसको बोक्रा हुन्छ  ।आलुको बोक्रामा भएका कैयौं तत्व स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसमा भएको फाइबर र अन्य पोषक तत्वले आलुलाई स्वस्थकर बनाउने हो । नभए त आलु आफैंमा साधारण खानेकुरा हो ।

यसका अरू फाइदा जानिराखौं ः

१ रोगप्रतिरोधक क्षमता बढाउने  आलुको बोक्रामा अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ जसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
२ तौल घटाउने  हुन त आलु मात्र खानुभयो भने तौल बढ्छ तर बोक्रासमेत खानुभयो भने चाहिँ तौल कम हुन्छ । बोक्रामा कम मात्रामा फ्याट हुन्छ जसले तौल घटाउँछ ।
३ क्यान्सरबाट बचाउँछ आलुको बोक्रामा फाइटोकेमिकल हुन्छ जसले क्यान्सरबाट बचाउँछ । यसका अलावा यसमा भएको एसिडले क्यान्सरको सम्भावना घटाउँछ ।
४ कोलेस्ट्रोल घटाउँछ शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने मुटुरोग लाग्छ । आलुको बोक्रामा भएको फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्छ ।
५ छाला डढ्दा लाभदायक छाला डढ्दा आलुको बोक्रा दल्नुभयो भने धेरै आराम हुन्छ ।

Shares

Be the first to comment on "आलु भन्दा बढी लाभदायक छ यसको बोक्रा"

Leave a comment

Your email address will not be published.


*