आर्थिक वर्ष २०७८/७९ को भीमेश्वर नगरपालिकाको बजेट ८८ करोड ५९ लाख प्रस्तुत

चरिकोट (दीस),–दोलखा भीमेश्वर नगरपालिकाकाले आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गरेको छ । विहिवार नगरसभा समक्ष नगरपालिका उप्रमुख कमला बस्नेतले ८८ करोड ५९ लाख ५३ हजार पाँचसय अठार रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् । विषयगत रुपमा कुल बजेट मध्ये ४ करोड ४२ लाख ६३ हजार रुपैयाँ आर्थिक विकासमा, ३५ करोड ७२ लाख ६६ हजार पाँचसय सामाजिक विकासमा तथा ३७ करोड ९ लाख ९ लाख २ हजार भौतिक विकासमा विनियोजन गरिएको छ । यसैगरी १ करोड ९८ लाख ५० हजार रुपैयाँ सुशासन तथा अन्तर सम्बन्धित विषयमा तथा अ८ करोड ५५ लाख ९२ हजार अठार रुपैयाँ कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् । प्रतिशका हिसावले सबैभन्दा बढी भौतिक पूर्वाधारमा कुल बजेटको ४२ दशमलब ७७ प्रतिशत आर्थिक वर्ष २०७८–७९ मा खर्च गरिने बजेट बक्तब्यमा उल्ल्लेख छ । यस्तै सामाजिक विकासमा ४० दशमलब ०३, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ९ दशमलब ६७ र सुशासन तथा अन्तर सम्बन्धि क्षेत्रमा २ दशमलब २७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

Shares

Be the first to comment on "आर्थिक वर्ष २०७८/७९ को भीमेश्वर नगरपालिकाको बजेट ८८ करोड ५९ लाख प्रस्तुत"

Leave a comment

Your email address will not be published.


*