आर्कषक बन्यो “स्टोन पार्क ”

जिरी (सुजन काफ्ले ) – दोलखाको जिरी आफैमा पर्यटकीय क्षेत्र हो । जिरीलाई “सुजरल्याण्ड”को उपनाम दिइने गरिएको छ । बर्षेनी आन्तरिक तथा बाह्य पर्यटक जिरी घुम्न आउने गरेका छन् । जिरी आउने पर्यटकलाई आकर्षण गर्न जिरी नगरपालिका १ मा ‘स्टोन पार्क” निर्माण गरिएको छ । छरपस्ट बसेका ढुङ्गै ढुङ्गाको पार्क अर्थात ‘स्टोन पार्क’ दोलखाको पुर्वी सिमानाको सुन्दर पर्यटकीय स्थल रुपमा बिकास गरिएको छ। जिरी नगरपालिकाको वडा नम्बर–१ स्यामा, पुम्पास्थित यो बगर ढुङ्गैढुङ्गाले ढाकिएको ठाँउ तिनै ढुङ्गालाई सजाएर बनाएको पार्क अन्य पार्कभन्दा फरक छ। खिम्ती खोलाको किनारमा रहेको चौरमा प्राकृतिक रूपमै ठूलाठूला ढुङ्गा रहेको र ती ढुङ्गाहरुलाई जीवन्त राख्दै थप पूर्वाधार निर्माण गरी पार्क बनाइएको छ । पहिले रक गार्डेन भनिएको र ढुङ्गै ढुङ्गा भएका कारण वडाबाट ”स्टोन पार्क”को प्रस्ताव नगरपालिकामा लगेर “स्टोन पार्क”को नामाकरण गरिएको जिरी नगरपालिका – १ का वडा अध्यक्ष लाक्पा शेर्पाले बताउनु भयो । पार्क निर्माणमा स्थानीय र प्रदेश सरकारको करिब १ करोड ५० लाख बजेट खर्च भएको छ । पार्क भित्र रहेको सभाहल भने नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं सांसद जीपछिरिङ लामाको सहयोग निर्माण भएको छ । मानेहरु श्रद्धालुहरुको सहयोगमा निर्माण गरिएको शेर्पाले बताउनु भयो । आगामी दिनमा टुरिजम हाइकिङको रुपमा बिकास गरेर पर्यटकिय हवको रुपमा बिकास गरिने जिरी नगरपालिकाले जनाएको छ । यो पार्कमा शनिवार २ सय जना भन्दा बढी पर्यटक घुम्न आउने गर्दछन । सयौं ठुलाठुला ढुङ्गासहित घाँसे मैदानहरूले ढाकिएको पार्कमा गुरू रिम्पाोचे, शिवजीको मूर्ति निर्माण गरिएको छ।
ढुङ्गामाथि बनाइएको यी मुर्तिहरु पर्यटकका लागि थप आकर्षक बन्न पुगेको छ। पार्कलाई तार बार लगाएर सुरक्षित बनाइएको छ भने पार्कमा आकर्षक प्रतिक्षालय, खानेपानी, स्टिलट्रस कटेज, शौचालय, हेलिप्याड, स्विमिङ पुल, मनोरञ्जन स्थल, निर्माण गर्नुका साथै पार्कसम्म जाने सडक सोलिङ समेत गरिएको छ। प्राकृतिक मनोरममा धनी स्टोन पार्कको नजिकैबाट पूर्वोउत्तरमा देखिने हिमश्रृखंला समेत देख्न सकिन्छ। पछिल्लो समय नेपाली चलचित्र र म्यूजिक भिडिओको सुटिङ गर्न कलाकारहरू स्टोन पार्क आउने गरेका छन्। दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र वीर बिक्रममा समेत यसपार्कको सुन्दर दृश्यहरू कैद गरिएका छन्। आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माणधीन स्टोन पार्कमा अझै विकास र प्रचारप्रचारको कामहरू गर्न प्रयासरत रहेको अध्यक्ष लाक्पा शेर्पाले बताउनु भयो । आन्तरिक पर्यटकलाई लक्षित गरि स्टोनपार्कमा थप पूर्वाधारको विकास गरेको र यसलाई दोलखा रापेछापकै उत्कृष्ट प्रयकटिय स्थल बनाई छाड्ने शेर्पाले बताउनु भयो । वडाध्यक्ष शेर्पाको अनुसार पार्क भित्र बालबच्चाको निम्ति फनपार्क बन्दै छ। जहाँ बालबच्चालाई मनोरन्जनको लागि बिभिन्न खेल्ने सामाग्री राखिने भएको छ। जिरी नगरपालिका र बागमती प्रदेश सरकारको समन्वयमा स्टोन पार्कलाई पर्यटकीय गन्तव्य बनाउन लागि परेको अध्यक्ष शेर्पाको भनाइ छ। पार्कमा दोलखा, काठमाडौं, रामेछाप, सोलुखुम्बु लगायत अन्य जिल्लाबाट आन्तरिक तथा विदेशी मुलुकबाट पनि मानिसहरू घुम्न आउने गरेका छन । स्टोन पार्कहुँदै जट्टापोखरी र पाँचपोखरी पैदल जान सकिन्छ। जहाँ पुगेर ठूलो स्वरमा चिच्याउँदै भगवानलाई पुकारेमा चिताएको पुग्ने जनविश्वास छ। यहाँको प्राकृतिक छट्टाले मन जित्नेछ। समुन्द्र सतहबाट करिब १८७६ मिटर उचाईमा रहेको स्टोनपार्क नेपालको स्वीजरल्याण्डको उपनामले परिचीत रहेको छ। दोलखा र रामेछापको सिमानामा रहेको उक्त स्थान दुबै जिल्लाको लागि पर्यटकीय गन्तव्य हो।स्टोन पार्कसम्म पुग्नको लागि दोलखाको सदरमुकाम चरीकोटबाट जिरी बजार, जिरीबाट माली,यलुङ हुँदै जान सकिन्छर । यस्तै जिरीब जार, कुने, सिउरारी, ठोसे, सिवालयहुँदै पुग्न सकिन्छ। जिरी सिवालयबाट गर्जाङ देउराली जाने गाडी पाइन्छ। मोटर वा बोलेरोमा जाँदा करिब २ घण्टामा पुग्न सकिन्छ। यसैगरी छिमेकी जिल्ला रामेछापको ठोसे, शिवालय हुँदै पनि जान सकिन्छ।

Shares

Be the first to comment on "आर्कषक बन्यो “स्टोन पार्क ”"

Leave a comment

Your email address will not be published.


*