आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाद्वारा महिला तथा बालबालिका केन्द्रलाई खाद्यान्नसहित शैक्षिक सामग्री सहयोग

चरिकोट (दीस) ः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसको अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले चरिकोटमा रहेको आवाज नेपालद्वारा सञ्चालित महिला तथा बालबालिका केन्द्रलाई खाद्यान्नसहित शैक्षिक सामग्री सहयोग गरेको छ। उक्त सामग्री जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले केन्द्रकी संरक्षक सिर्जना कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो। उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख घतानीले समय अनुसार परिवर्तनशील कार्य गरेमा चिकित्सालयलाई धन्यवाद दिनु भएको थियो।

चिकित्सालयका प्रमुख डाक्टर मनोज चौधरीले धन्वन्तरी जयन्तीको अवसरमा कार्यालयमा पूजा पाठ गर्नुको साथै केन्द्रलाई सहयोग गरिएको बताउनु भयो। केन्द्रकी सञ्चालक सिर्जना कार्कीले केन्द्रलाई सहयोग गरेकोमा चिकित्सालयलाई धन्यवाद दिनु भएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक दाताराम अधिकारी, डा. सुकृती ढुंगाना, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष शृजन कुमार घिमिरे, सचिव दील सागर पौडेल लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज निरीक्षक विमल कुमार श्रेष्ठले गर्नु भएको थियो।

Shares

Be the first to comment on "आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाद्वारा महिला तथा बालबालिका केन्द्रलाई खाद्यान्नसहित शैक्षिक सामग्री सहयोग"

Leave a comment

Your email address will not be published.


*