आमा समुहले ग¥यो मदिरा निषेधित क्षेत्र घोषणा

चरिकोट /बाबुराम शर्मा – दोलखाको कालिञ्चोक गाउँपालिका–४ पैयौँस्वारामा गठित पारिजात आमा समूहले आप्mनो टोल मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् । टोलमा मदिराले घरझगडा बढ्नुका साथै आत्महत्याको संख्या समेत दिनानुदिन बढ्न थालेपछि यसको न्यूनीकरणका लागि टोल मदिरा निषेधित क्षेत्र घोषणा गरिएको आमा समूहका अध्यक्ष सरिता कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार मदिराले टोल नै घरेलु हिंसातिर उन्मुख भएको र महिला तथा बालबालिमा यसले पारेको असरले आत्माहत्या गर्न बाध्य पारेको महसुस भएपछि न्यूनीकरणको अभियानमा लागिएको हो । गत दुई वर्षदेखि थालिएको अभियानले ९० प्रतिशत न्यूनीकरण भएपछि शतप्रतिशतका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । समूहले टोलमा आचार संहिता लागू गरेको छ । बाहिरबाट आउनेले पनि मदिरा सेवन गरी प्रवेश गर्न नपाउने संहितामा उल्लेख गरिएको छ । आमा समूह अध्यक्ष कार्कीले भन्नु भयो, बाहिरबाट मदिरा सेवन गरी प्रवेश गरे एक हजार र टोलभित्रकाले सेवन गरे एक हजार पाँच सय रुपियँ जरिबाना गर्ने आचार संहितामा उल्लेख रहेको छ । पहिलो पटकको जरिबानालाई बेवास्ता गरी पुनः सेवन गरेको पाइएमा कानुनी कारबाहीमा जाने पनि संहितामा समावेश गरिएको छ । टोलमा लुकीछिपी मदिरा सेवनल गर्ने दुई÷चार जना छन् भन्ने आशंका छ । उहाँले भन्नु भयो, कार्यक्रम आयोजना गरी सबैलाई सुसूचीत गराइएको छ । उनीहरुलाई आचारसंहिताले बाँध्न सकिए टोल शतप्रतिशत मदिरा निषेधित क्षेत्र बन्न सक्छ । यसो गर्न सकिए टोल होहल्लारहित बन्दै शान्त टोल बन्ने छ र बनाएरै छोडनेमा टोलका २९ जना महिला लागिपरेका छौँ । गत एक दशकभन्दा बढी समयदेखि कालिञ्चोक र बिगु गाउँपालिकामा कृषि, जीविकोपार्जन, शिक्षा तथा बालबालिका,स्वास्थ्य र मद्यपान तथा धूमपान न्यूनीकरणका क्षेत्रमा काम गरिरहेको ग्रामीण टुकी संघ÷सिविन नेपालबाट सञ्चालित ओसेलिप परियोजनाले यो अभियानमा पूर्ण रुपमा सहयोग गरेको बताइन्छ ।

Shares

Be the first to comment on "आमा समुहले ग¥यो मदिरा निषेधित क्षेत्र घोषणा"

Leave a comment

Your email address will not be published.


*