आफ्नै ट्रयाक्टरले किचेर दोलखाको पवटीमा थपलियाको मृत्यु

चरिकोट– दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ तामाकोशीबाट पवटीतर्फ जाँदै गरेको आफ्नै ट्रयाक्टरले किचेर करिब ६० वर्षिय डम्बरे भनिने मिनप्रसाद थपलियाको मृत्यु भएको पवटीको स्थानीय सोभित उप्रेतीले जानकारी दिए । साविकको पवटी गाविसको वडा नं. ४ रुखेनीमा ट्रयाक्टर दुर्घटना भएको उप्रेतीले जानकारी दिए । दुर्घटना पछि ड्राइभर भने फरार रहेको बताइएको छ । केही भिरालो जमिन भएकोले ट्रयाक्टर करिब १० मिटर तल पुगेको बताइएको छ ।स्रोत अभयपुर डटकम

 

Shares

Be the first to comment on "आफ्नै ट्रयाक्टरले किचेर दोलखाको पवटीमा थपलियाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*