चरिकोटमा आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

१० असोज, चरिकोट,

दोलखा सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ । ट्रकका चालक ३५ बर्षका बिजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ । अस्पतालको ना. ५ ख.८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफै सर्न खोजे पछि स्टेरिङमा जान खोज्दा गाडी भित्तामा ठोकिन गई उनलाई अगाडी पटिको टायरले च्यापेको र उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*