आपाङ्गलाई विभिन्न क्षेत्रमा समेट्न माग गर्दैै अन्तरक्रिया

चरिकोट, दीक्षण सामाचार ः आपाङ्ग भएका व्यक्तिहरूलाई भीमेश्वर नगरपालिकाभित्रका क्षेत्रमा समेट्न माग गर्दै आइतबार चरिकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम आपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ, दोलखाको आयोजनामा भएको हो। कार्यक्रममा भीमेश्वर नगरपालिका भित्र बन्ने उपभोक्ता समितिमा आपाङ्ग व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्नु पर्ने, नगरक्षेत्रभित्र सूचना पहुँच प्रणाली स्थापना गर्नु पर्ने, र आपाङ्ग व्यक्तिहरूको प्रजनन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने जस्ता मुद्दाहरूमा छलफल भएको थियो। भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले नगरपालिकालाई आपाङ्गमैत्री नगर बनाउन प्रतिबद्ध रहेको बताउदै उहाँले उपभोक्ता समितिमा आपाङ्ग व्यक्तिहरूलाई समावेश गर्न कानुनी बाध्यकारी नबनाएपनि यसलाई कार्यपालिकाको बैठकमा लैजाने प्रतिवद्धता जनाउनु भयो ।

अधिकार पाउनका लागि आफैं चनाखो भएर अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत विकशेन ढकालले पनि नगरपालिकाले कानुनअनुसार आपाङ्ग व्यक्तिहरूका मागहरू पूरा गर्न पहल गर्ने बताउँदै आपाङ्गमैत्री सेवाहरू प्रवर्द्धन नगरपालिका प्रतिवद्व रहेको बताउनु भयो । भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख श्याम खड्काले नगर क्षेत्रका स्वास्थ्य संस्थाहरूमा आपाङ्ग व्यक्तिहरूको प्रजनन स्वास्थ्यमा सहज सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
संघका सचिव मखन पाण्डेले भीमेश्वर नगरपालिका आपाङ्गमैत्री भए पनि अझ धेरै काम गर्न बाँकी रहेको र संघले यस दिशामा काम गर्दै आएको बताउनुभयो । संघका अध्यक्ष रामकृष्ण तामाङले संघले दोलखाका विभिन्न स्थानीय तहमा आपाङ्गमैत्री वातावरण निर्माणका लागि प्रयास गरिरहेको जानकारी दिनुभयो। संघले विगतदेखि नै सरकारी तथा निजी क्षेत्रका सेवा दिने संरचनाहरूलाई आपाङ्गमैत्री बनाउनुपर्ने माग गर्दै विभिन्न छलफलहरू गर्दै आएको छ।

 

 

Shares

Be the first to comment on "आपाङ्गलाई विभिन्न क्षेत्रमा समेट्न माग गर्दैै अन्तरक्रिया"

Leave a comment

Your email address will not be published.


*