आनन्ददायक बहुउद्धेश्यीय सहकारी संस्थाको १७ औ साधारण सभा सम्पन्न

सुनखानी –दोलखाको कालिन्चोक गाउँपालिकामा रहेको आनन्ददायक बहुउदेश्यीय सहकारीले आफ्नो १७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। आज भएको साधारणसभाको उद्धघाटन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले सरकारको तीन खम्बे अर्थनिती अनुसार सरकार, निजि क्षेत्र, सहकारी मिलेर उत्पादनको क्षेत्रमा लगानी गर्नु पर्ने बताए । आम्दानी अनुसार बचत गर्नु पर्ने बानी बसाल्नलाई सदस्यलाई उनले अनुरोध गरे । सरकारको समृद्ध बनाउने अभियानलाई सार्थकता बनाउन छरिएर रहेको पुँजीलाई परिचालन गर्नु पर्ने आबस्यकता रहेको पाण्डेले बताए । “माटो रोजेको ,देशले खोजेको विकासले मात्र देश समृद्ध हुने पाण्डेले बताए । कार्यक्रममा नेकपा दोलखाका सचिब गोपाल पाण्डेले सहकारीको उदेश्य अनुसार काम गर्न सुझाव दिए । सरकारको निति अनुसार सहकारी मर्ज अभियानलाई तिव्रता दिन सहकारीलाई उनले सुझाव दिए । सहकारीको सामाजिक उत्तरदायित्व रहेको उल्लेख गर्दै सहकारीले उत्पादनमा लगानी गर्नु पर्ने बताए ।
गाउँपालिकाका प्रमुख विन कुमार थामीले पालिका भित्र सहकारी मार्फत डेड अर्व रकम परिचालन हुने गाउँपालिकाले अनुमान गरेको बताउदै सहकारीको लगानी सहि ठाउँमा हुनु पर्ने बताए । सहकारीको लगानी जोखिमलाई कम गर्न सवै सहकारी मिलेर अनुगमनको गर्नु पर्ने थामीले बताए । अर्को फरक प्रसङगमा जनतालाई समृद्ध बनाउन पालिकाले हाल सवै वडामा गएर “विकास शिविर ”संन्चालन गर्दै आएको थामीले बताए । पालिकाले ४ बर्ष भित्र मासु र दुधमा आत्मा निर्भर हुने लक्ष्य लिएकोले त्यसलाई सार्थक बनाउन सवैलाई प्रमुख थामीले आग्रह गरे । संस्थाका अध्यक्ष मिन कुमार खडकाले सहकारीमा हाल पाँच हजार एक सय २६ सदस्य रहेको जानकारी दिए । संस्थाका सचिब राम पाण्डेले सहकारीको कुल पँुजी १८ करोड ८१ लाख १५ हजार १ सय रुपैया रहेको बताए । अगामि आर्थिक बर्ष संस्थाको कुल पुँजी २२ करोड २३ लाख पु¥याउने लक्ष्य रहेको बताए । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष बलराम शिवाकोटीले यस आर्थिक बर्षमा बचत तथा निक्षेपमा १३ प्रतिशत बढेको बताए । त्यसैगरी शेयर पँुजी २७ प्रतिशतले बृद्धी भएको बताए । साधारणसभामा हाम्रो रेडियो ,मालपोत कार्यालय दोलखा , उत्कृष्ट बचतकर्ता ,सहकारीका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शेयर सदस्य सम्मानित भएका छन ।

Shares

Be the first to comment on "आनन्ददायक बहुउद्धेश्यीय सहकारी संस्थाको १७ औ साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*