आधारभुत स्वास्थ्य केन्द्र भवनको उद्घाटन सम्पन्न


चरिकोट (दीस) ः जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ मा रहेको लापिलाङ आधारभुत स्वास्थ्य केन्द्रको भबन सोमबार उद्घाटन गरिएको छ । भबनको दोलखा बागमती प्रदेशका सांसद एबंम नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै सांसद काफ्लेले प्रदेशले कानुन निर्माण गर्न आबश्यक रहेको र कानुुन निमार्णले मात्रै संघियता बलियो बन्ने भएकाले प्रदेशमा कानुन आबश्यक रहेको बताउनु भयो । नागरिकहरुमा आबश्यकता र अपेक्षाको चाँङ बढी भएको र प्रदेश सरकारसँग बजेट कम हुँदा जनअपेक्षा अनुसार नागरिकका काम गर्न नसकिएको उहाँको भनाई रहेको छ । नेपाली कांग्रेसका नेता ताराकुमार खड्काले नागरिकका मुद्धामा निर्बाचित जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउनुभयो । नागरिकले मत दिएर बिकास गर्ने अबसर दिएकाले सो अबसरको उपयोग गर्दै नागरिकको जीबनस्तर उकास्न कार्य गर्नुपर्ने उहाँको सुझाव छ । वडा अध्यक्ष सहदेब खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाँउपालिकाका वडा अध्यक्षहरु बालकृष्ण आचार्य, भरत पाण्डे,पदम थामी दिपक खुलाल ,पत्रकार गोर्कण भण्डारी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । भबनको लागत ४० लाख रहेको वडा कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "आधारभुत स्वास्थ्य केन्द्र भवनको उद्घाटन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*