आठ महिनाको अवधिमा एक करोड २९ लाख राजश्व संकलन

नवराज ,चरिकोटः भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा करिब १ करोड २९ लाख राजश्व संकलन गरेको छ । नगरले चालु आर्थिक वर्षको श्रावण देखि फागुन मसान्तसम्मा उक्त राजश्व संकलन गरेको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १ करोड २८ लाख ७५ हजार दुईसय सत्तरी रुपैयाँ राजश्व संकलन गरेको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिनुभयोे । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड २५ लाख ६६ हजार छ सय पैसट्ठी रुपैयाँ राजश्व संकलन भएको भीमेश्वर नगरपालिकाको तथ्याङ्क छ ।
कुल १३ शीर्षकमा उठाइएको राजश्व मध्ये सम्पत्ति करको योगदान सबै भन्दा बढी ४८ लाख २७ हजार चारसय सतसट्ठी रहेको छ । भने घर बहाल करबाट १८ लाख,२४ हजार पाँचसय तेत्तिस रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ब्यावसाय रजिष्ट्रेसन दस्तुर वापत ६ लाख २९ हजार दुईसय छयासी, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ८ लाख ५५ हजार सतासी तथा सेवा शुल्क वापत २ लाख १८ हजार दुइसय बयालिस रुपैयाँ राजश्व प्राप्त भएको नगरपालिकाको भनाई छ । परीक्षा शुल्क वापत ३७ हजार छ सय पच्चिस, अन्य प्रशासनिक सेवा शुल्क वापत ४ लाख ५६ हजार पाँचसय, नक्सापास दस्तुर वापत १० लाख ३० हजार नौसय बयान्नब्बे, सिफारिस दस्तुर वापत २६ लाख २६ हजार चौरान्नब्बे,ब्यक्तिगत घटना दर्ता दस्तुर वापत १ लाख ९४ हजार आठसय, नाता प्रमाणित दस्तुर वापत ६९ आठसय तथा अन्यसेवा शुल्क र दस्तुर वापत एकलाख ४ हजार आठसय बैसट्ठी राजश्व प्राप्त भएको सूचना अधिकारी अर्यालको भनाई रहेको छ ।
गत आर्थिक वर्षको आठ महिनाको अवधिमा उठेको राजश्व भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा उठेको राजश्व केही बढी देखिएता पनि चालु आर्थिक वर्षमा आन्तरिक आय ३ करोड ३ लाख उठाउने वार्षिक बजेटको लक्ष्य भेट्न भने कठिन हुने देखिएको नगरपालिका सम्बद्ध स्रोतको भनाई छ । आठ महिनामा ३४ दशमलब २५ प्रतिशत आन्तरिक आयबाट राजश्व संकलन भएकोमा बाँकी ४ महिनाको अवधिमा लक्ष्य अनुसार ६५ दशमलब ७५ प्रतशित राजश्व संकलन हुनेमा आमनागरिकहरुले संका ब्यक्त गरेका छन् । नगरका वडा देखि विभिन्न तह हरुमा हुनसक्ने राजश्व चुहावट नियन्त्रण गर्न नगरपालिका गम्भिर भएर लाग्नु पर्ने स्थानीयहरुको सुझाव छ ।

Shares

Be the first to comment on "आठ महिनाको अवधिमा एक करोड २९ लाख राजश्व संकलन"

Leave a comment

Your email address will not be published.


*