आठसय हेक्टर बढी वनमा आगलागी

काभ्रेपलाञ्चोक(दीस)ःकाभ्रेपलाञ्चोक जिल्लाको आठसय हेक्टर बढी सामुदायिक वन आगलागीको चपेटामा परी नष्ट भएको छ । जिल्लाको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय हेक्टर भन्दा बढी वन जलेर नष्ट भएको हो ।
जिल्लाका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा भएको आगलागीमा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको डिभिजन वन कार्यालय धुलिखलले जनाएको छ । करिब तीन महिनाको अवधिमा उक्त क्षेत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालय धुलिखेलको भनाई रहेको छ । वनपाखा, घर–टहरा तथा जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा केही स्थामा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी सिकारीले जङ्गलीजन्तुको सिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । बाँदर प्रतिको आक्रोसका कारण समेत जंगलमा आगो लगाउने गरेको बताइएको छ ।

Shares

Be the first to comment on "आठसय हेक्टर बढी वनमा आगलागी"

Leave a comment

Your email address will not be published.


*