आज हावाहुरी सहित वर्षाको सम्भावना

चरिकोट (दीस)–मौसम पूर्वानुमान महाशाखाले आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबारको मौसम पूर्वानुमानको सूचना जारी गर्दै महाशाखाले अपरान्हपछि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। भने हालको देशको मौसम मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली र पश्चिमी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू–भागका एक(दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Shares

Be the first to comment on "आज हावाहुरी सहित वर्षाको सम्भावना"

Leave a comment

Your email address will not be published.


*