आज विश्व एड्स दिवस, दोलखामा ५ वर्षमा १२ संक्रमित

ईश्वर बिश्वकर्मा
चरिकोट,–दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट यस आवको पहिला चार महिनामा ६ सय भन्दा बढिले एच.आइ.भी एड्सको परिक्षण गरेका छन् । स्वास्थ संस्थामा एच.आइ.भी एड्स परामश परिक्षण तथा परिक्षणको सुरुवात भएसँगै जिल्लाका ६ सय ९३ जनाले एच.आइ.भी एड्स परिक्षण गरेका हुन् केन्द्रले जानकारी दिएको छ ।साउन र भदौ महिनामा ३ सय ७३, असोज र कार्तिक महिनामा ३ सय २० जना गरि ४ महिनाको अवधीमा ६ सय ९३ ले एच.आइ.भी एड्सको परिक्षण गरेको स्वास्थ्य केन्द्रका सूचना अधिकारी शान्ती प्रसाद न्यौपानेले बताए । उनका अनुसार शंका लागेकाले व्यक्तिहरुले एच.आइ.भी एड्सको परिक्षण गर्न सक्ने व्यवस्था गरिएको छ । परिक्षण गर्नका लागि कुनै किसिमको शुल्क तिर्नु पर्दैन । केन्द्रमा गर्भवती महिलाहरुको अनिवार्य रुपमा परिक्षण गर्ने गरिएको छ ।जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा १ हजार ८ सय ७७ जनाले एच.आइ.भी परिक्षण गरेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार एचआइभी एड्सको परिक्षण गर्नेमा महिलाको तुलनामा पुरुष बढि रहेका छन् । जसमा पुरुष १ हजार १ सय ७७ जना र महिला ६ सय ६ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमा १ महिला र १ पुरुष गरि २ जनामा एच.आइ.भी संक्रमण देखिएको थियो । संक्रमितहरु अहिले नियमित उपचारमा रहेका जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए ।

विगत ५ वर्षमा १२ जनामा देखियो संक्रमण

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार विगत ५ आर्थिक वर्षमा जम्मा १२ जनामा एचआइभी संक्रमण देखिएको छ । कार्यालय प्रमुख झाका अनुसार आव ७१÷७२ मा २, ७२÷७३ मा १, ७३÷७४ मा २, ७४÷७५ मा ५ र ७५÷७६ २ जनामा संक्रमण भेटिएको हो ।
चिकित्सकहरुले कोही कसैलाई एच.आइ.भी संक्रमण भएको शंका लागेर चिन्तित भएमा समयमै नजिककैको स्वास्थ्य संस्थामा गई
परामर्श तथा परिक्षण निशुल्क गर्न सल्लाह दिएका छन् । शंका लागि परिक्षण गर्दा देखिएन भने फेरि २ पटकसम्म परिक्षण गर्नुपर्दछ, किन कि झ्याली पिरेडमा संक्रमण नदेखिन सक्छ । एच.आइ.भी संक्रमण भएपनि सुरुमा नदेखिन सक्छ । त्यसैले दोहोराएर परिक्षण गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । असुरक्षित यौन सम्पर्क गर्दा, संक्रमित आमाबाट जन्मने शिशुमा, सुई तथा छाला छेड्ने प्रयोगमा वा उपचारको क्रममा सावधानी नअपनाउँदा, संक्रमणजन्य रगत लिँदा वा सावधानी नअपनाएमा एच.आइ.भी एड्सको संक्रमण हुने चिकित्सकहरुले बताएका छन्

Shares

Be the first to comment on "आज विश्व एड्स दिवस, दोलखामा ५ वर्षमा १२ संक्रमित"

Leave a comment

Your email address will not be published.


*