आज भीमेश्वर मन्दिरमा क्षमापूजा गरिँदै

चरिकोट(दीस)ः प्रशिद्ध भीमेश्वर मन्दिरको शिलामा एकै हप्तामा दुई पटक पसिना आएपछि आज क्षमा पूजा गरिँदै छ । भीमेश्वरको शिलामा पसिना आएपछि क्षमापूजा गर्ने प्रचलन अनुसार आज क्षमा पूजा गरिने भएको हो ।
गत बुधबार दिउँसो १२ः४५ बजेदेखि ३ः१३ बजेसम्म शिलामा पसिना आएको थियो । सामान्य अवस्थामाभन्दा शिलाको रङ गाढा कालो भएर पसिना आउने गरेको छ । गत शनिबार दिउँसो पनि साढे २ घण्टा पसिना आएको थियो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्षा सुरेश श्रेष्ठले शनिबार शिलाको बायाँतर्फ र पछिल्लो पटक शिरमा पसिना आएपनि बुधबार शिलाको सबैतिर पसिना आएको बताउनु भयो  । दायाँ पट्टिबाट पसिना आउँदा राज्य सञ्चालक पक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । शिलामा पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको कपास जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयमा पु¥याउने प्रचलन छ  । राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पुजाको लागि पञ्चवली पठाउने चलन थियो । शनिबार पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादको रुपमा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र गुठियार राष्ट्रपति भेट्न काठमाडौं जानु भएको थियो ।

Shares

Be the first to comment on "आज भीमेश्वर मन्दिरमा क्षमापूजा गरिँदै"

Leave a comment

Your email address will not be published.


*