आजादी मावि मेलुङका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण

ईश्वर दाहाल
चरिकोट, माघ १९
दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर ७ विरौटामा रहेको आजादी माविका विद्यार्थीहरुलाई बिहीबार शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत् असाह्य र विपन्न विद्यार्थीहरुलाई करिब २० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो ।
सोही सेभ हुम्यानिटी संस्थापक अध्यक्ष राम लम्सालसहित ६ जनाको उपस्थितिमा शैक्षिक सामग्री कापी, कलम, पेन्सिल, झोला सहित न्यानो कपडा वितरण गरिएको संस्थाका सदस्य राजाराम बस्नेतले बताए ।
श्रीपञ्चमीको अवसरमा १६ गते विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित न्यानो कपडा वितरण गरिएको उनले बताए ।
संस्थाले मानवता बचाऊ साथै गरिब तथा विपन्न बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।

Shares

Be the first to comment on "आजादी मावि मेलुङका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण"

Leave a comment

Your email address will not be published.


*