आजबाट सरकारी खाता रोक्का हुने

चरिकोट ः आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आथर््िाक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यलयले सञ्चालन गर्ने खाता आज रातिबाट बन्द हुने भएका हुन् ।
सबै खाता एक हप्ताका लागि बन्द भएका हुने भएकाले सोमबार सम्ममा चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि महा लेखा नियन्त्रण कार्यालयका प्रवक्ता ओमप्रसाद रिजालले बताउनुभयो । आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "आजबाट सरकारी खाता रोक्का हुने"

Leave a comment

Your email address will not be published.


*