आजबाट दोलखामा करदाता कार्यालयद्धारा सेवा सुचारु

चरिकोट(दीस) – कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यताबाट दोलखा जिल्लाबासी मुक्त भएका छन् । सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै धुलिखेल पुग्नुपर्ने यसअघिको बाध्यता अन्त्य भएको हो । चरिकोट स्थित अदिती कम्प्लेक्समा स्थापना गरिएको कार्यालयले शुक्रवार देखी औपचारिक रुपमा सेवा प्रवाह सुरु गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको २०७६ पौष २१ को निर्णय अनुसार जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएको र शुक्रवारबाट करसम्बन्धि सम्पुर्ण काम सुरु गरिने कर अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए

Shares

Be the first to comment on "आजबाट दोलखामा करदाता कार्यालयद्धारा सेवा सुचारु"

Leave a comment

Your email address will not be published.


*