काठमाडौँ, २१ पुसः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ । “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।” पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । काठमाडौँको न्यूनतम तापक्रम बढ्यो शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ । शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौँको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । न्यूनतम तापक्रम बढेकाले काठमाडौँमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ । गत मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो । –––
आजको मौसम : सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
Posted By: दीक्षण दैनिक २१ पुष २०८१, आईतवार १०:१३
२२ पुष २०८१, सोमबार ११:१०
बस सञ्चालन गर्न स्थानीयको माग
२२ पुष २०८१, सोमबार १२:२२
शैक्षिक प्रदर्शनी सम्पन्न
२२ पुष २०८१, सोमबार १४:०८
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२२ पुष २०८१, सोमबार १८:११
नक्कली प्रहरी परिचय पत्र र पोशाकको दुरुपयोग ठगी गर्ने दुई जना पक्राउ
२२ पुष २०८१, सोमबार २०:१९
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत
२२ पुष २०८१, सोमबार १८:१५
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
२२ पुष २०८१, सोमबार १०:०६
चिसोले जनजीवन प्रभावित
२२ पुष २०८१, सोमबार १४:५१
२०८१ पुस २२ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२२ पुष २०८१, सोमबार १४:१७
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
२२ पुष २०८१, सोमबार १८:१७
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
२२ पुष २०८१, सोमबार १०:११
पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
२२ पुष २०८१, सोमबार १०:०९
प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
२२ पुष २०८१, सोमबार १०:१४
‘प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर
२२ पुष २०८१, सोमबार १४:१९
Be the first to comment on "आजको मौसम : सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान"