आजको भिडन्तमा रोयल्स च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सकसमा बाजी मर्ला ?

चरिकोट /एजेन्सी – यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) रोयल्स च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दै छ । लिग चरणको सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको दिल्ली पछिल्ला खेलहरुमा कमजोर बनिरहेको छ । त्यसैले दिल्लीलाई आजको खेलमा जित निकाल्दै प्लेअफमा पुग्ने मौका छ । यता बैंगलोरलाई पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण पुग्ने मौका छ । गत सिजन खराब प्रदर्शन गरेको बैंगलोर यो सिजन उत्कृष्ट फर्ममा छ । बैंगलोर यो सिजन उपाधि दाबेदार टोलीका रुपमा पनि छ । सेख ज्याद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ हुँदै छ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्लेअफमा स्थान बनाउने योजनामा छन् ।लिगमा १३ खेल खेलेको बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ ।

Shares

Be the first to comment on "आजको भिडन्तमा रोयल्स च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सकसमा बाजी मर्ला ?"

Leave a comment

Your email address will not be published.


*