आङ सान सुकीमाथि ६ वटा नयाँ आरोप

रासस – म्यान्मारमा सेनाको ‘कू’पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमवार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् ।
उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको उनका वकील मीन मीन सो एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् । म्यान्मारको उत्तरपूर्वी बगो शहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतवार मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारवाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सेनाले निर्वाचनका बेला व्यापक धाँधली भएको दाबी गर्दै आएको छ । चुनावमा आङ सान सुकी र उनको ‘नेसनल लिग फर डिमोक्र्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको दाबीलाई खारेज गरिदिएको थियो । – रासस÷एएफपी

Shares

Be the first to comment on "आङ सान सुकीमाथि ६ वटा नयाँ आरोप"

Leave a comment

Your email address will not be published.


*