आगलागी पीडितलाई गुभाजुद्वारा सहयोग

चरिकोट (दीस) ः नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गुभाजुले आगलागी पीडितलाई सहयोग गर्नु भएको छ । जिल्लाको जिरी नगरपालिका –२ स्थित तल्लो श्यामाका आगलागी पीडित बिष्णु घिमिरेको परिवारलाई उहाँले सहयोग गर्नु भएको हो ।
आगलागी पीडित घिमिरेलाई १० थान रंगिन जस्ता, ३ बोरा चामल, चाउचाउ, नुन, तेल, साबुन जस्ता खाद्यान्न तथा न्यानो लत्ताकपडा लगायतका सामग्री प्रदान गरेको उहाँले बताउनु भयो । स्थानीयलाई दुख परेको वेला केही भएपनि राहत होस भनि आफुले सहयोग गरेको गुभाजुले बताउनु भयो । गत कार्तिक २६ गते राती घरमा विद्युत् लाइन सर्ट भएर स्थानीय घिमिरेको दुई कोठे घरमा लागोलागी भएको स्थानीयले बताएका छन् ।

Shares

Be the first to comment on "आगलागी पीडितलाई गुभाजुद्वारा सहयोग"

Leave a comment

Your email address will not be published.


*