आईपीएल : चेन्नाइको लगातार तेस्रो जित

चेन्नाइ — चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा आइतबार राति लगातार तेस्रो जित आत्मसात् गरेका छ । यसका लागि उसले राजस्थान रोयल्सलाई ८ रनले हरायो । राजस्थानको भने यो लगातार तेस्रो हार हो । यस जितपछि चेन्नाइ ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । चेन्नाइले पहिले ब्याटिङ गदै ५ विकेटमा १ सय ७५ रन बनाएयता राजस्थानले जवाफमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । चेन्नाइका लागि कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ७५ रन बनाएर र नटआउट रहे ।

Shares

Be the first to comment on "आईपीएल : चेन्नाइको लगातार तेस्रो जित"

Leave a comment

Your email address will not be published.


*