आईपीएलको उपाधि चेन्नाईलाई

Chennai Super Kings players pose after winning the 2018 Indian Premier League (IPL) Twenty20 final cricket match between Chennai Super Kings and Sunrisers Hyderabad at the Wankhede stadium in Mumbai on May 27, 2018. / AFP PHOTO / PUNIT PARANJPE / ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE----- / GETTYOUT

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नाईले ११ औं संस्करणको आईपीएलको उपाधि उचालेको हो ।

१७९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभर सकिन ९ बल बाँकी छदै २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै तेस्रो पटक आईपीएलको उपाधि चुमेको हो । चेन्नाईलाई उपाधि दिलाउन ओपनर शेन वाटसनले शतकीय पारी खेले । उनले अविजित ११७ रन बनाए । ५७ बलको सामना गरेका वाटसनले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । ११ औं संस्करणको आईपीएलमा उनको यो दोस्रो शतक हो ।

त्यस्तै, सुरेश रैनाले ३२ रन बनाए भने आम्बत्ती रयुडुले १६ रनको योगदान दिए ।

यसअघि मुम्बईको वाङखडे क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । हैदरावादले सुरुवात भने खराब गरेको थियो । १३ रन हुदा पहिलो विकेट गुमाएको हैदरावादले ६४ रन हुदा दोस्रो विकेट गुमाएको थियो ।

हैदरावादका लागि केन विलियम्सनले ४७ रन बनाएका थिए । उनले ३६ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाएका थिए । त्यस्तै, युशुफ पठानले अविजित ४५ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले २६ र शकिब अल हसनले २३ रनको योगदान दिए ।

फाइनल खेलमा पनि हैदरावाद चेन्नाई विरुद्ध निरिह बन्न पुग्यो । यसअघि भएको लिग चरणको दुबै खेलमा हैदरावाद चेन्नाईसँग पराजित भएको थियो । त्यस्तै, प्लेअफको पहिलो क्वालिफायरमा पनि हैदरावादलाई पराजित गर्दै चेन्नाई फाइनलमा पुगेको थियो ।
चेन्नाईले यसअघि सन् २०१० र २०११ को आईपीएलको उपाधि जितेको थियो ।

तपाईंको मत

Shares

Be the first to comment on "आईपीएलको उपाधि चेन्नाईलाई"

Leave a comment

Your email address will not be published.


*