अस्पतालको साइनबोर्ड नफेर ः तरुण दल दोलखा

इश्वर बिश्वकर्मा
चरिकोट, असार २
चरिकोट अस्पतालको नाम परिवर्तन गर्ने निर्णय प्रति तरण दल दोलखाले असन्तुष्टि जनाएको छ । तरुण दलले आज एक वक्तव्य पत्र जारी गर्दै असन्तुष्टि जनाएको हो । कोभिडका कारण निधन भएका नेता पशुपति चौलागाईँको सम्मानमा बागमति प्रदेश सभामा बजेट प्रस्तुतिका क्रममा चरिकोट अस्पतालको नाम ‘पशुपति चौलागाईं स्मृति अस्पताल’ बनाउने निर्णय भएको थियो । तर यस निर्णयको विरोध गर्दै तरुण दलले चरिकोट अस्पतालको नाम परिवर्तन गरेर मात्र चौलागाईँको सम्मान नहुने बताएको छ । चौलागाईँले जिल्लाको विकासका निम्ति पु¥याएको योगदानको कदर तरुण दलले पनि गर्ने गरेको छ । तर उनको स्मृतिमा चरिकोट अस्पतालको नाम नै परिवर्तन गरिनु उचित होइन । उनको सम्मान र सम्झना गर्ने हो, भने नयाँ र ठुला पूर्वाधार निर्माण गरी उनकै नामबाट नामाकरण गरिनुपर्ने तरुण अध्यक्ष दावासाङ्गे शेर्पाले बताए । “ यस अघि नै तयार भएको चरिकोट अस्पतालको नाम र साइनबोर्ड फेर्दैमा चौलागाईँको सम्मान हुदैँन ।“ उनले भने “नयाँ र ठुला योजना तथा आयोजना निर्माण गरी उनकै नामबाट नामाकरण गरिनुपर्छ ।” चरिकोट अस्पतालको साइनबोर्ड फेर्नुको साटो थप सुविधा र सेवा विस्तारमा ध्यान दिइनुपर्ने अध्यक्ष शेर्पाको माग रहेको छ ।

लामोसाँघु–जिरी सडकको नाम ‘भीम बहादुर तामाङ राजमार्ग’ राख्न माग
अस्पताललाई पशुपति चौलगाईँ स्मृति अस्पताल’ नामकरण गर्दा असन्तुष्टि जनाएको तरुण दलले लामासाँघु–जिरी सडकको नाम भीम बहादुर तामाङ राजमार्ग’  राख्न माग गरेको छ । स्व. भीम बहादुर तामाङले विकासमा पु¥याएको योगदानको सम्मानका लागि भन्दै यस्तो माग गरेको हो । साथै उनको सम्झना स्वरुप सातदोबाटो चोकमा रहेको स्तम्भमाथि उनको शालिक स्थापना गर्ने तरुणले जनाएको छ । यो काम एकमहिनाभित्र गरिसक्ने बताइएको छ । त्यस्तै गौरीशंकर क्याम्पासको नाम परिवर्तन गरी ‘आङदोर्जे शेर्पा स्मृति बहुमुखी क्याम्पास’ बनाउन तरुणको माग छ । स्वर्गीय नेता आङदोर्जे शेर्पाको विषेश योगदान र पहलमा स्थापना भएको क्याम्पास भएकोले उनकै स्मृतिमा यस्तो नामाकरण गर्न माग गरेको हो ।

Shares

Be the first to comment on "अस्पतालको साइनबोर्ड नफेर ः तरुण दल दोलखा"

Leave a comment

Your email address will not be published.


*