असोज ४ देखि रामेछाप–लुक्ला उडान

रामेछाप (दीस)–तारा एयरले असोज ४ अर्थात् सेप्टेम्बर २० देखि रामेछापबाट लुक्लासम्म नियमित उडान सुरु गर्ने भएको छ। एयरलाइन्सले हालै सार्वजनिक गरेको उडान तालिका अनुसार सो दिनबाट उडान सुरु गर्ने जनाएको हो  । सगरमाथा क्षेत्रमा जाने पर्यटकलाई लक्षित गर्दै दैनिक १० देखि १५ उडान गर्ने वायुसेवा कम्पनीले जनाएको छ । तारा एयरका दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडान भर्नेछन्। यो निर्णय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक बढेसँगै पर्यटक सिजनमा रामेछापबाट लुक्लाका लागि विभिन्न वायुसेवा कम्पनीहरूले उडान गर्ने गरेका छन् ।सगरमाथा क्षेत्रका पर्यटकलाई काठमाडौबाट रामेछापसम्म सो क्षेत्रमा उडान मार्फत लुक्का सम्म पर्यटकलाई लैजाने गरिन्छ । राजधानी काठमाडांैमा रहेको त्रिभुवन अन्तराष्टिय« विमानस्थलमा ट्रफिक जाम भएपछि पर्यटक सिजनमा रामेछापको मन्थलीबाट उडान भर्ने गरिन्छ ।

 

Shares

Be the first to comment on "असोज ४ देखि रामेछाप–लुक्ला उडान"

Leave a comment

Your email address will not be published.


*