असोजमा दोलखामा १ सय ५३ मोटरसाइकल कारबाहीमा परे

चरिकोट/ईस्वर विक –दोलखामा असोज महिना भरि १ सय ५३ वटा मोटर साइकल कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्ङघन गर्ने सो संख्याको मोटर साइकल कारबाहीबाट १ लाख ८० हजार संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाए अनुसार सोही महिनामा १सय ५७ वटा ट्रक कारबाहीबाट १ लाख २१ हजार ५ सय राजस्व संकलन भएको छ । यसैगरि ८८ वटा बस कारबाहीबाट ७० हजार, १ सय ५१ वटा कारजीप कारबाहीबाट १ लाख ६० हजार ट्याक्टर ५२ वटा कारबाहीबाट ३५ हजार, राजस्व संकलन भएको कार्यालयले जनाएको छ । जसमध्ये मादक पदार्थ सेवन गरि सवारी चलाउने ७ वटा सवारी कारबाहीमा परेका छन् । जसबाट ७ हजार राजस्व संकलन भएको छ । सिल्ट बेल्ट हेल्मेट प्रयोग नगर्ने ६४ सवारीबाट ३२ हजार ५ सय, कागजपत्र नबोक्ने १ सय ५८ कारबाहीबाट १ लाख २६ हजार, ५ सय राजस्व संकलन भएको प्रहरी जवान जगदिश कार्कीले बताए । सवारी साधन अनुमती पत्र नबोक्ने ५७ वटा सवारी कारबाहीबाट ५७ हजार लगायत अन्य शिर्षक गरि ४ लाख ४२ हजार राजस्व संकलन भएको छ । गत भदौमा भने ५ सय ४८ वटा सवारी कारबाहीबाट ३ लाख ७८ हजार राजस्व संकलन भएको थियो । असोज महिना मैँ सवारी दुर्घटनामा परि २ जनाले ज्यान गुमाएको प्रहरी जवान कार्कीले बताए ।असोज महिनामा महिनामा दशैँ परेकोले विषेश ट्राफिक योजना ल्याएर कडाइ गरे पनि ट्राफिक नियम विपरित सवारी चलाउने बढेको प्रहरीले बताएका छन् ।

Shares

Be the first to comment on "असोजमा दोलखामा १ सय ५३ मोटरसाइकल कारबाहीमा परे"

Leave a comment

Your email address will not be published.


*