अष्ट्रेलियन सरकारको रक्षा विभागमा नेपाली

रवीन्द्र गौतम ।
माघ १९, चरिकोट । नेपाली छोरालाई अष्ट्रेलियन सरकारले आफ्नो रक्षा विभागमा पत्याएर सेवा प्रवेश गराएको छ ।
दोलखाको पूर्वी बैत्यश्वर गाउँपालिका–४, मैनापोखरीका ३७ बर्षिय डा. नवराज दाहाल अष्ट्रेलियन सरकारको रक्षा विभागमा कार्यकारी तहमा नियुक्त भएका छ्न । माघ ५ गते अष्ट्रेलियन सरकारले अनुसन्धान बैज्ञानिकका रुपमा कार्यकारी पदमा नियुक्त गरेको हो ।
अष्ट्रेलियन सरकारको मानव रहित विमान निर्माणका लागि आवश्यक अनुसन्धानको जिम्मेवारी पाएको अष्ट्रेलियाबाट टेलिफोनमा डा. दाहालले बताए । दाहालले इन्जिनियरिङ विषयमा साउथ अष्ट्रेलियन विश्वविद्यालयबाट सन् २०१५ मा पीएचडी पास गरेका थिए । २०५५ सालमा काठमाडौको भिएस निकेतनबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेका दाहालले काठमाडौ युनिभर्सिटीबाट आइएससी पास गरेका थिए ।
पुल्चोक इन्जिनियरिङ कलेजबाट २०६२ मा इलेट्रोनिक्समा बिई पास गरे पछि छात्रवृत्तिमा साउथ अष्ट्रेलियन विश्वविद्यालयमा एमई गरेका थिए । दाहाल बिगत १० वर्षदेखि साउथ अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आईरहेका छन् ।

Shares

Be the first to comment on "अष्ट्रेलियन सरकारको रक्षा विभागमा नेपाली"

Leave a comment

Your email address will not be published.


*