अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइँदै

२ भदौ, काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ ।मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । संसदीय दलको बुधबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गर्दै दलको नेता चयनका लागि तीन सदस्यीय समिति बनाएको छ । समितिमा दीपकराज पाण्डे, दीपक निरौला र रचना खड्का छन् । यो समितिले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया पूरा गर्नेछ । सांसद अरुण नेपालका अनुसार अब दलको नेतामा शाक्य चयन हुनेछिन् र उनी मुख्यमन्त्री बन्नेछिन् ।११० सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन् ।

Shares

Be the first to comment on "अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइँदै"

Leave a comment

Your email address will not be published.


*